युगान्त, मुसा मानुष’ र ‘विमुक्ति’ तीन पुस्तक बजारमा

हिमशिखर संवाददाता २९ आश्विन २०७७, बिहीबार १९:३८

काठमाडौँ: पुस्तक प्रकाशक बुकहिलले एकसाथ तीनवटा अनुदित किताब बजारमा ल्याएको छ । प्रकाशनले जारी गरेको प्रेस विज्ञप्तिका अनुसार ‘युगान्त’, ‘मुसा मानुष’ र ‘विमुक्ति’ तीन पुस्तक सोमबार बजारमा आएका छन ।

भारतीय लेखक मानवशास्त्री इरावती कर्वेको महाभारतमाथिको ओलाचनात्मक विश्लेषण ‘युगान्त महाभारतको महामृत्यु’ सुजित मैनालीले नेपालीमा अनुवाद गरेका हुन् । यो पुस्तकले १९६७ मा भारतको प्रतिष्ठित साहित्य एकेडेमी पुरस्कार पाएको थियो ।

साहित्यका नोबेल पुरस्कार विजेता जोन स्टेनबेकको प्रसिद्ध उपन्यास ‘अफ माइस एन्ड मेन’को गनेस पौडेलले नेपालीमा ‘मुसा मानुष’का रुपमा अनुवाद गरेका हुन् । यसको विशेषता पुस्तकको संवादलाई पश्चिमाञ्चल क्षेत्रको स्थानीय लवजमा प्रस्तुत गरिनु भएको पनि प्रकाशकले जनाएको छ ।

तेस्रो अनुवाद पुस्तक हो– ‘विमुक्ति’ । मल्ल के. सुन्दरद्वारा नेपाल भाषामा लिखित उपन्यास ‘व लापु ः थ्व पलाः’को नेपालीमा राजेन्द्र महर्जन र महेशराज महर्जनले अनुवाद गरेका हुन् । बौद्ध भिक्षुणी र छापामार युवतीको माध्यमबाट यस उपन्यासले दस वर्षे जनयुद्धको एउटा पाटोको मर्मान्त कथा प्रस्तुत गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । केहीअघिमात्रै बुकहिलले खगेन्द्र संग्रौलाद्वारा अनूदित गैर–आख्यान ‘सत्ता र सत्य’ सार्वजनिक गरेको थियो ।

Next Post

कर्णाली प्रदेशका मुख्यमन्त्रीसहित ५ जनाको टोलीद्वारा प्रचण्ड नेपाल संग छुट्टाछुट्टै भेट

२९ आश्विन २०७७, बिहीबार १९:३८
काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्रीसहित ५ जनाको टोलीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल संग (खुमलटार)मा बिहिबार भेटको छ। यसअघि कर्णाली प्रदेश सरकारमा देखिएको राजनीतिक विवाद समाधानका लागि काठमाडौं आएको टोलीले बिहिबार दिउँसो प्रचण्ड निवास खुमलटार पुगेर विवादबारे ब्रिफिङ गरेको […]