स्थानीय सरकारकाे पहिलो वर्षमै एक करोड विनियोजन गरी घरघरमा धारा पुऱ्याउने लक्ष्य थियो तर, धौलिघाट बृहत् खानेपानी आयोजनाको पानी आएपछि डुब्लिकेसन हुन सक्ने भन्दै रोक्यौं। पानीको समस्या चुलिँदै गएपछि प्रदेश सरकारलाई माग गरेका छौं।’ :नवराज न्यौपाने अध्यक्ष तातोपानी गाउँपालिका
कार्तिक १० गते दसैंकाे दिन टिकाकाे साइत आउनै लाग्दा ताताेपानी गाउँपालिका -२ जर्मी गाउँकाे धारामा हात हालाहालकाे स्थिति बन्याे। गाउँमा पानीकाे हाहाकार थियाे। पानी भर्नेकाे लाइन लामाे थियाे। सिंगाे गाउँ तिर्खाएकाे थियाे। सकेसम्म बलमिच्याई गर्न काेही पछि पर्दैन थियाे। त्यही बीचमा कसैले पालाे मिच्याे अनि सुरु भयाे झगडा। हात हालाहाल।
पानी भर्नेभन्दा रमितेहरु दाेब्बर भए। दसैंकाे लागि पाकेका मिठा परिकार पनि खल्ला भए। हाैसिएका मनहरु खिन्न भए। खुसी बाँड्ने र हर्सउल्लासका साथ चाडबाड मनाउने दिन एक गाग्राे पानीका लागि विवाद भएपछि महिला–पुरुष एक अर्काे बिरुद्ध झडपमा उत्रे।
गाउँमा पानी अभाव भएकाे हुँदा जर्मीमा हरेक दिनजसाे एक दुई जनाबीच भनाभन र हानाहान हुन्छ। दसैंकाे टीका सुक्न नपाउँदै कात्तिक १२ गते धारामा पानी भर्नकै लागि दुईजना बालबालिकाबीच झडप भयो।
स्थानीय सरकारले खानेपानी, सडक, सञ्चार, विद्युत लगायतका क्षेत्रमा बढी ध्यान दिइरहेको उदाहरण प्रशस्तै हुँदा पनि जर्मी गाउँका लागि स्थानीय जनप्रतिनिधिका मुखमा हिउँदमा पानी जमेर बरफ बनेजस्तै भएकोछ : स्थानिय वासी
कार्तिक १० गते दसैंकाे दिन टिकाकाे साइत आउनै लाग्दा ताताेपानी गाउँपालिका -२ जर्मी गाउँकाे धारामा हात हालाहालकाे स्थिति बन्याे। गाउँमा पानीकाे हाहाकार थियाे। पानी भर्नेकाे लाइन लामाे थियाे। सिंगाे गाउँ तिर्खाएकाे थियाे। सकेसम्म बलमिच्याई गर्न काेही पछि पर्दैन थियाे। त्यही बीचमा कसैले पालाे मिच्याे अनि सुरु भयाे झगडा। हात हालाहाल।
पानी भर्नेभन्दा रमितेहरु दाेब्बर भए। दसैंकाे लागि पाकेका मिठा परिकार पनि खल्ला भए। हाैसिएका मनहरु खिन्न भए। खुसी बाँड्ने र हर्सउल्लासका साथ चाडबाड मनाउने दिन एक गाग्राे पानीका लागि विवाद भएपछि महिला–पुरुष एक अर्काे बिरुद्ध झडपमा उत्रे।
गाउँमा पानी अभाव भएकाे हुँदा जर्मीमा हरेक दिनजसाे एक दुई जनाबीच भनाभन र हानाहान हुन्छ। दसैंकाे टीका सुक्न नपाउँदै कात्तिक १२ गते धारामा पानी भर्नकै लागि दुईजना बालबालिकाबीच झडप भयो।
‘गाउँलेहरु पालाे पुगाएर भनाभन गर्छन्। केही हानाहान गर्छन्। केही रमिते बन्छन्। तर तिर्खा मेटिन्जेल पानी पिउन पाउँदैनन्। पानी अभावले याे चक्र घुमाइरहेकाे छ।’ एक स्थानीयले बिएल नेपाली सेवासँग दुखेसाे पाेखे।
बिहान–बेलुका गरी दिनमा चार घन्टा मात्र धारामा पानी आउछ। धारो सानो आउने र त्यसकाे उपभोक्ता धेरै भएकाे हुनाले पानी भर्न आउनेहरु आलाेपालो गर्छन्। अघिपछि आएको भन्दै पालोमा कुरा नमिल्दा झगडा हुन्छ।
दसैंकाे दिन हाेस कि अरु दिन गाउँलेलाई पानी चाहिन्छ। सकेसम्म चाँडाे। जसले पानी हाेइन घरघरमा झगडा निम्त्याउँछ।
पानीका लागि झडप हात हालाहाल महिनाको ४–५ पटक भए पनि सामान्य भनाभन, गालीगलौज, तँतँ, मम भने हरेक दिनजसाे हुने गरेको स्थानीय वीर बुढाले बताए।
‘घर नजिक सरकार आयाे। गाउँकै मान्छे सरकार चलाउने भैगए। हाम्रा समस्या देखेपनि नदेखेजस्ताे भयाे,’ उनले भने, ‘अन्त गाउँमा घरघरमा धारा पुगे भन्ने सुन्दाछाैं। तर हाम्रो गाउँमा हरेक दिन पानीका लागि लडाइँ हुन्छ भनी अरुलाई सुनाउनु पड्न्या भयाे।’
‘ताबाडा, दमाईंबाडा र लर(लाेहार, सुनार) बाडामा गरी एक धारो छ। एक गाग्राे पानी भरिन तीनदेखि पाँच मिनेट लाग्छ। एकैघरका ४–५ भाँडा (गाग्री) हुन्छन्। म अघि आएकाे, मअघि आएको भन्दै विवाद गर्दै हानाहानकाे स्थिति सृजना हुन्छ,’ स्थानीय दत्त बुढाले भने।
करिब एक सय ६० भन्दा बढी घरधुरी रहेको जर्मी गाउँमा चारवटा मात्रै पानीका धारा छन्। हालकै पानीलाई छुट्याएर अर्काे धारा निर्माण गर्ने र सीमित समयमा पानी छोड्नुको विकल्प नरहेको उनको भनाइ छ।
एक घर, एक धारा निर्माण गर्न नसके पनि वडा सरकारले जर्मी गाउँमा रहेका ६ वटा टोलमा ६ वटा धारा मात्रै निर्माण गरे पनि तत्कालका लागि समस्या समाधान हुने स्थानीयकाे सुझाव छ। तर स्थानीय सरकार भने केही गर्न सकिरहेको छैन।
स्थानीय सरकार खानेपानी, सडक, सञ्चार, विद्युत लगायतका क्षेत्रमा बढी ध्यान दिइरहेकाे उदाहरण प्रशस्तै हुँदा पनि जर्मी गाउँका लागि स्थानीय जनप्रतिनिधिका मुखमा हिउँदमा पानी जमेर बरफ बनेजस्तै भएकाे गाउँलेहरुकाे दुखेसो छ।
तर, तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपाने चालू आर्थिक वर्षभित्रै जर्मी गाउँलगायत २ नम्बर वडाका सबै घरमा पानी पुऱ्याउन लागिरहेकाे बताउँछन्।
‘स्थानीय सरकारकाे पहिलो वर्षमै एक करोड विनियोजन गरी घरघरमा धारा पुऱ्याउने लक्ष्य थियो,’ उनले भने ‘तर, धौलिघाट बृहत् खानेपानी आयोजनाको पानी आएपछि डुब्लिकेसन हुन सक्ने भन्दै रोक्यौं। पानीको समस्या चुलिँदै गएपछि प्रदेश सरकारलाई माग गरेका छौं।’
चालू आर्थिक वर्षभित्रै जर्मी गाउँलगायत २ नम्बर वडामा एक घर एक धाराका लागि ३० लाख पहिलो चरणको बजेट आएको उनले थपे।
‘धेरै पटककाे पहल पश्चात् प्रदेशबाट क्रमागत खानेपानी योजना परेको छ। चालू आर्थिक वर्षमै खानेपानी समस्या समाधान गर्न वडा सरकारसँग समन्वय गरी अघि बढ्ने छाैं,’ उनले भने।
नेपालकाे संविधान २०७२ काे धारा ३५ काे स्वास्थ्य सम्बन्धि हककाे उपधारा ४ मा ‘प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँकाे हक हुनेछ’ भनी लेखेकाे छ। तर, संविधानमा जेसुकै लेखिएको भए पनि जर्मीबासीहरु एक गाग्राे पानी नपाए बिरख्तिएका छन्। छिनछिनमा झगाडिएका छन्।