के तपाई रारा आउदै हुनुहुन्छ ? राराको (फोटोफिचर )

नबराज नेपाली १३ मंसिर २०७७, शनिबार १२:०४

मुगु: कर्णाली प्रदेशको प्रमुख पर्यटकिय स्थल हो रारा । यति बेला रारामा घुम्न आउनेको संख्यामा वृद्धि भएको छ । रारा घुम्न आउने लाई मन नभएको होईन । मन त छ तर यति मात्र होकि रारा कसरी जाने , रारा पुगे पछि कस्ता कस्ता ठाउहरु अवलोकन गर्न पाईन्छ भनेर प्राय सबै आन्तरिक तथा बाह्य पर्यटहरु लाई कौतुहल्ता लागेको हुन्छ । रारा घुम्न पाए , एक पटक पुग्न पाए सबै लाई आत्मगलानि हुन्छ । जान त जाने तर रारा कसरी जाने भनेर धेरै पर्यटकहरु अलमलमा परेका हुन्छन् ।

रारा घुम्न जाने योजना त सबै बनाउन्छन, राराको नाम सुन्दा वित्तिकै सबैको मन त्यतिकै लोभिन्छ । तर रारा कसरी पुग्ने भन्ने कुरा मेसो नपाएर दुविधाले अधिकांस पर्यटक बनाएको योजना तुहाउने गरेका हुन्छन । पहिलो पटक रारा आउदै हुनुहुन्छ अथवा आउने सुरसारमा हुनुहुन्छ भने रारा पुग्न र घुम्न नछुटाउनु होला । रारा स्वगको एक टुक्रा हो । रारामात्रै पुग्नुहोस स्वर्ग पुगेको अनुभुति गर्नुहुने छ । ​राराले एक दिनमा निकै चोटी रङ्ग फेर्छ। कहिले निलो, कहिले बैजनी, कहिले सिम्रिक जस्तो अनि कहिले खैरो । मौसम अनुसार दिनमै चार पाँच चोटी फेरिने राराको पानीको रङ्गमा मिसिन आइपुग्छ सिन्जे र कान्जिरोवा हिमालको छायाँ ।

रारा साँच्चिकै धर्तीको स्वर्ग, स्वर्गको अप्सरा जस्तो देखिन्छ । रारा जिवनमा पुग्ने पर्ने र घुम्ने पर्ने गन्तव्यमा पर्छ । त्यहिभएर पनी रारा एकपटक पुग्नै पर्छ भन्ने मान्यताका साथ मेसो पाएका आन्तिरक पर्यटक रारा आउछन , तर मेसो नपाएका पर्यटक दुविधामा भएर आउन हिचकिचाउछने गर्छन । अब रारा आउदै हुनुहुन्छ भने दुविधामा नरहनुहोला । रारा पुग्नै पर्छ घुम्नै पर्छ भन्ने मान्यताले आउनसक्नु हुनेछ ।

रारा राष्ट्रिय निकुन्ज जाने बाटो फोटाः खड्क सुनार

रारा पुग्न मुगु पुगेसकेपछी एरोका साथ बाट तपाई मज्जाले राराताल घुम्न सक्नु हुनेछ । राराका बिभिन्न क्षेत्रमा एरो चिन्न बनाईएका छन । त्यसका माध्यम बाट रारा घुम्न सक्नुहुने छ ।रारा जाने बाटो , मुर्माटप पुग्ने बाटो ,चुचेमारा पुग्ने बाटो लगायत तपाईको गन्तव्य स्थान कहाँ को कहाँ जाने भन्ने लाग्छ एरो बनाईएका छन त्यस्को माध्यम बाट रारा घुम्न सक्नुहुने छ । पोखरा बाट रारा घुम्न आउनुभएका बिरेन्द लम्सालका अनुसार रारा भित्रका एरोले महत्वपुर्ण काम गरेका बताए ।

रारा राष्ट्रिय निकुन्ज जाने बाटो फोटाः खड्क सुनार

नयाँ पर्यटकलाई गन्तव्य स्थान सम्म पुग्न एरोको अतिआवश्यक रहेको र यस्ता एरो हरेक दोवाटो मा राख्नु पर्ने लम्सालले बताए । एरोहरु जिर्ण अबस्थाका भएकाले मर्मतमा ध्यान दिर्नु पर्ने लम्सालको भनाई छ । यतिखेर देश, विदेशीको नजरमा रारा छ, तर कोराना भाईरस कोभिड १९ का कारण देश तथा विदेशका आन्तरिक तथा बाह्य पर्यटक रारा पुग्न सकेका छैनन् । तर कोरानाको कारण सुनसान रारामा बन्दाबन्दी खुलेसँगै तालमा रमाउन यतिबेला आन्तरिक पर्यटकको चहलपहल निकै बढ्दै गइरहेको छ ।

कोरोनाका कारण ७ महिना सम्म सुनसान भएको रारामा पछिल्लो पटक रारा घुम्न आउने पर्यटकको चहलपहल बाक्लोनै देखिन्छ ।

यो समय रारा घुम्नका लागि उपयुक्त मौसम मानिन्छ। अहिले रारा घुम्न आउने आन्तरिक पर्यटकको घुइँचो छ । यो समयमा दैनिक दुई सयदेखि पाँचसय सम्म आन्तरिक पर्यटक रारा पुग्ने गरेका छन् ।

रारा तालमा रमादै गरेको घोडा फोटाः खड्क सुनार

समुन्द्र सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको रारा तालको लम्बाइ ५ किलोमिटर, चौडाइ ३ किलोमिटर मिटर र गहिराइ १६७ मिटर रहेको छ ।

यस तालमा दुर्लभ असला जातका माछा, रानी ट्राउट, भ्यागुतोलगायत जलचर र ३०० प्रजातिका चरा पाइन्छन् । यस्तै, यस क्षेत्रमा कस्तूरी, रेड पाण्डा, मृग, घोरल, भालु, रतुवा लगायत वन्यजन्तु पनि अवलोकन गर्न सकिन्छ ।

Next Post

कालिकोटको राँचुलिमा आगलागीबाट ४ घर जलेर नष्ट

१३ मंसिर २०७७, शनिबार १२:०४
कालिकाेट : तिलागुफा नगरपालिका – ४ राँचुलिकाे दलित वस्तिमा भिषण आगलागि भएकाे छ ।आगलागिबाट ४ घर जलेर नष्ट भएकाे जिल्ला जिल्ला प्रहरी कार्यालय कालिकाेटका डि एस पि चन्द्र बहादुर शाहले बताए । शाहका अनुसार, विहान ६ वजेकाे समयमा स्थानिय एक घरकाे चुलाेमा बालेकाे आगाे घरमा सल्किदा छिमेकि तीन घर आगाे […]