बेपत्ता आयोगको टोली मुगुमा , वडाको सिफारिस भए मात्र परिचय पत्र दिने

नबराज नेपाली १३ मंसिर २०७७, शनिबार १८:१८

मुगु: द्धन्द्ध कालमा राज्य तथा तत्कालिन विद्राेहि पक्षबाट बेपत्ता पारिएका व्यक्तिको परिवारकाे घाउमा मलम लगाउन वेपत्ता आयोगकाे टोली जुम्ला हुदै मुगु पुगेको छ ।
शनिवार सदरमुकाम गमगढी बजारमा यहाका स्थानीय तहका जनप्रतिनिध , समन्वय प्रमुख , राजनितिक दलका नेता , सुरक्षाकर्मी , प्रमुख जिल्ला अधिकारी , द्धन्द्ध पिडितका आफन्त सँग आयोगका सुनिल रञ्जन सिंहको नेतृत्वमा मुगुमा पुगेको टोलिले अन्तरिक्रिया कार्यक्रम गरेकाे छ ।
अन्तरक्रिया कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका मुगु जिल्ला अध्यक्ष सुकविर बुढाले कि श्वास चाहियो कि लास चाहियो भन्ने गित मार्फत व्यङग्य प्रस्तुत गर्दै सम्बन्धित स्थानीय तहका वडा अध्यक्ष मार्फत यो द्धन्द्ध पिडित हो , भनेर सिफारिस गराए मात्र परिचय पत्र वितरण गर्नुपर्न धारणा राखेका थिए ।

त्यस्तै छायानाथ रारा नगरपालिकाका नगर प्रमुख हरिजंग शाहीले द्धन्द्ध पिडितहरु लाई स्थानीय तह बाट हुन सक्ने सेवा सुविधा दिन सकिने उनले बताए ।

अन्तरक्रिया कार्यक्रममा आयोगका सदस्य सिंहले पहिचानको आधारमा मात्र परिचय पत्र वितरण हुने बताए। अहिले आफुहरु परिचय पत्र वितरणमा लाग्दैनौ सम्बन्धित व्यक्ति द्धन्द्ध कालमा पिडित होकि होईन , कसरी मृत्यु भएको हो सम्बन्धित शव स्थलमा पुगि डिएन ए परिक्षण गरि अन्त परिचय पत्र वितरण गरिने र यदि यसो नभएमा कुनै पनि राज्य बाट प्राप्त हुने राहत , सहयोगहरु पाउन बाट बञ्चित रहने उनको भनाई रहेको छ । विश्वभर महमारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस कोभिड १९ ले कारण आयोगले नतिजामुखि काम गर्न नसकेको स्वीकार्दै सदस्य सिंहले कर्णाली र सुदुरपश्चिमलाई प्राथमिकता राखेर मुगु पुगेको आयोगले बेपत्ताहरुको छानबीन, अनुसन्धान र पहिचानका कार्य अगाडि बढाउने जनाउनु भएको थियो ।

मुगुमा बेपत्ता परिएकाहरूकाे सुची
मुगुमा बेपत्ता पारिएकाहरूकते सुचि

मुगु जिल्लामा २५ जना बेपत्ता रहेको आयोगको तथ्यांकमा रहेको पनि जानकारी गराए ।
यता अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले आफुहरुले द्धन्द्धकालमा धिरेन्द्र मल्ल र हिरा नेपाली गरि दुई जनाको मात्र नाम सुनेका थियौ आयोगको तथ्यांकमा २५ जना बेपता रहेको बताएका थीए ।
जिल्ला समन्वय समितीका प्रमुख पुर्ण बहादुर रोकायाले स्थलगत अनुगमन गर्दा याे डाटामा केही थप घट हुने जानकारी दिए ।
सशस्त्र विद्रोहदेखि विस्तृत शान्ति सम्झौतासम्म राज्य तथा विद्रोही पक्षबाट बेपत्ता पारिएका नागरिकहरुको पहिचान र छुटेका व्यक्तिहरुको उजुरी लिने उद्देश्यले आयाेगकाे टोली कर्णालीमा पुगेको स्राेतले बताएको छ ।

साविकको कर्णालीको कालीकोटमा ४५, जुम्लामा २०, मुगु २५, डोल्पा ६ र हुम्लामा चार जना बेपत्ताको उजुरी परेको बताईएको छ।

Next Post

मुगुकाे सोरु गाउँपालिकामा सोमबारदेखि विद्यालय सञ्चालनमा आउदै

१३ मंसिर २०७७, शनिबार १८:१८
मुगु: सोरु गाउँपालिकाले सोमबारदेखि सबै विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेको छ । मंसिर १२ गते बसेको गाउँ कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हाे । गाउँपालिका भरिका सबै सरकारी तथा निजि क्षेत्र बाट सञ्चालन भएका विद्यालयहरु खोल्ने निर्णय भएको सोरु गाृपालिकाले जनाएको छ । करिब आधा वर्ष देखि बन्द रहेका विद्यालयहरु […]