मुगुकाे सोरु गाउँपालिकामा सोमबारदेखि विद्यालय सञ्चालनमा आउदै

नबराज नेपाली १४ मंसिर २०७७, आईतवार १६:२७

मुगु: सोरु गाउँपालिकाले सोमबारदेखि सबै विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।
मंसिर १२ गते बसेको गाउँ कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हाे ।
गाउँपालिका भरिका सबै सरकारी तथा निजि क्षेत्र बाट सञ्चालन भएका विद्यालयहरु खोल्ने निर्णय भएको सोरु गाृपालिकाले जनाएको छ ।
करिब आधा वर्ष देखि बन्द रहेका विद्यालयहरु अब स्वास्थ्य मापदण्ड अपनाई सञ्चालन गर्नलागेकाे गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्र मल्लले जानकारी दिए।
नियमित रुपमा पठन पाठन सुरु गर्न सम्पुर्ण सामुदायिक बिद्यालयहरुका शिक्षक क्रमचारीलाई आ आफ्नो बिद्यालयमा हाजीर हुन गाउपालिकाले पत्राचार गरिसकेकाे छ ।

साेरू गाउँपालिकाकाे विद्यालय सञ्चालन सम्बन्धि सुचना

यस्तै १२ मंसिरमा बसेको बैठकले सामाजीक सुरक्षा भत्ता अनिवार्य बैंक मार्फत मात्र भुक्तानी गर्नु पर्ने निर्देशन आएकाले ३ दिन भित्र सबै वडाका वडा सचिबलाई गाउँपालिकाको कार्यलयमा सम्पर्क गर्न निर्देशन समेत दिएको प्रमुख प्रशासकिय अधिकृत मल्लले बताए ।

कोरोना भाईरस कोभिड १९ ले विश्वनै आक्रान्त पारिरहेको अवस्थामा यहाका सरकारी तथा निजि विद्यालयहरु बन्द भएका थिए । पछिल्लो समय मुगु लगायत अन्य जिल्लाहरुमा विद्यालयहरु पठनपाठन सुरु गरे पछि सोरु गाउपालिकाले पनि नियमित रुपमा पठनपाठन सुरू गर्न लागेकाे सोरु गाउपालिकाका अध्यक्ष लोक बहादुर शाहीको बुझाई रहेको छ ।

Next Post

आज सातै प्रदेशमा एकैपटक तीन सय ९६ आधारभूत अस्पतालको शिलान्यास हुदै

१४ मंसिर २०७७, आईतवार १६:२७
काठमाडौ : सोमबार सरकारले सातै प्रदेशमा एकैपटक तीन सय ९६ आधारभूत अस्पतालको शिलान्यास गर्दै छ । जहाँ ५, १० र १५ शय्याका अस्पताल निर्माण गरिनेछन् । ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित सरकारले एकैसाथ ३ सय ९६ अस्पतालकाे सिलन्यास गर्नलागेकाे हाे । सरकारले यसलाई स्वास्थ्य क्षेत्रमा ‘ठूलो क्रान्ति’ भनेको छ । […]