ईन्सेक मुगुद्वारा बलात्कृत युवती लाई १० हजार सहयोग

नबराज नेपाली १६ मंसिर २०७७, मंगलवार १९:४७

मुगु: ईन्सेकद्धारा गठित मानबअधिकार सहायता केन्द्रले बलात्कृत एक युवती लाई आर्थिक सहयोग गरेको छ ।

जिल्लाको पुर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाँउपालिका—५ का जनप्रतिनधी र करानी सामुदायिक बिकास केन्द्रका सचिब उर्गिन नण्डुल लामाको रोहबरमा ११ मंसिरमा नगद १० हजार अािर्थक सहयोग गरिएको हो । अशक्त अपाङ्ग भएकै कारण बलात्कृत एक महिलालाई कानुनी सहायताको लागी आर्थिक सहयोग गरिएको छ ।

०७७ असोज २३ गते घरमा कोही नभएको समयमा बलात्कृत भएकि २४ बर्षिया एक महिलाको आर्थिक अबस्था कमजाेर भएकाले उनको कानुनी सहायताको लागी अनौपचारीक क्षेत्र सेवा केन्द्र ईन्सेक द्धारा गठित मानबअधिकार सहायता कक्षले पिडितको आमालाई स्थानिय जनप्रतिनधीको रोहबरमा नगद १० हजार सहयोग गरिएको ईन्सेक मुगुले जनाएको छ ।

पिडितका आमाले औनपचारीक क्षेत्र सेवा केन्द्र ईन्सेकमा दिएको निबेदन अनुसार ईन्सेकद्धारा गठित मानबअधिकार सहायता केन्द्रले पिडित महिलालाई कानुनीसहायताकालागी नगद १० हजार दिने निर्णय भएपछी ईन्सेक जिल्ला प्रतिनधीले पिडितका आमा मार्फत सो रकम आर्थिक सहयोग गरिएको ईन्सेक जिल्ला प्रतिनधी जीवन सेजुवालले बताए ।

Next Post

राज संस्थाकाे पक्षमा जुम्लामा प्रदर्शन

१६ मंसिर २०७७, मंगलवार १९:४७
जुम्ला:  राजसंस्था पुनस्र्थापनाको माग राख्दै  मंगलबार  जुम्ला बजारमा प्रदर्शन गरिएकाे छ । राष्ट्रबादी जुम्ली समुहको आयोजनामा राजसंस्था पुनःस्थापना काे माग राख्दै   मोटरसाइकल  र्यालीसहितको प्रदर्शन गरिएकाे समुहका अध्यक्ष  बुलन्द शाहीले जानकारी दिएकाछन । प्रदशनमा राजा आउ देश बचाउ , हाम्राे राजा हाम्राे देस प्राण भन्दा प्याराे छ, संघियता खारेज गर लगायतका  […]

सम्बन्धित समाचार