आइतबार राति तातोपानी -२ पुइतपुरका असेैजे कामी दिनभर अटाे चलाएर घर फर्किए। साँझ बाबिरामा रहेकाे घरमा राखेर सुते। बिहान उठ्दा उनकाे अटाे थिएन।
हतारिएर पाँच सय मिटर अगाडि पुगेपछि अटाे भेटियाे। तर पुरै जलेकाे अवस्थामा। उनी मर्माहत भए। गाउँकै साहुबाट वर्षकाे ३६ प्रतिशत ब्याजमा ऋण काडेर किनेकाे अटाे किनी गुजारा गर्ने गरेका उनकाे कमाई खाने भाँडाे जलाइयाे। उनकाे अटाेमात्र हाेइन उनकाे मन पनि जलाइयाे।
‘केही हाेला भन्ने आश लागेकाे थियाे। कमाइ राम्रै थियाे। साँवा तिर्न नसेके पनि ब्याज तिरिरहेकाे थिए,’ उनले निराश हुँदै भने, ‘अलिअलि गरी तिरिहालाैंला साेचेकाे थिए। सब सपना चकनाचुर भए। खाउँला भनि ओैल गए। ओैलै रुडाे(खडेरी) पर्याे भनेजस्तै भयाे।’
कमाई खाने भाँडाे नै नरहेपछि। सँगै काम गरिरहेका साथिहरुसँग गएर उनी राेए। समिति गुहारे। अटाे चालकहरुकाे समिति भैरवनाथ यातायात व्यवसायी संघले उनकाे घाउमा मलम लाउनलाई एउटा निष्कर्ष निकाल्याे, ‘हामी असुरक्षित भयाैं।’
‘जिल्लाकाे शान्ति सुरक्षा कमजोर भएकाे हुँदा यसलाई मजबुत बनाउन र सबै नागरिकलाई सुरक्षित भएकाे महसुस गराउन आन्दोलनमा उत्रियाैं,’ समितिका अध्यक्ष लक्ष्मण सुनारे भने।
‘बेलाबेलामा हाम्रा अटाे चालक साथिहरुलाई ट्राफिकले समेत तनाव दिइरहेकाे छ। हामीलाई अरु यातायात व्यवसायीकाे जस्ताे व्यवहार गरिदैन। यतिसम्मकि राम्राे बाटाेघाटाे भएकाे ठाउँमा हामीलाई अटाे चलाउन सम्म प्रतिबन्ध लगाइएकाे छ। यातायात कार्यालयबाट प्रमिट दिन आनाकानी हुन्छ।’
उनले आक्राेसित भएर यति भन्दै गर्दा हामीले कारण के हाे भनि साेधेका थियाैं। उनले नरम हुँदै जवाफ दिए, ‘असी प्रतिशत भन्दा बढी अटाे चालक दलित समुदायका छन्। लगभग सबैकाे आम्दानी न्युन छ। ९५ प्रतिशत भन्दा बढीले अटाे किन्दा लघुवित्तकाे २० प्रतिशत देखि गाउँका साहुकाे ३६ प्रतिशत सम्म ब्याज तिर्नेगरी ऋण झिकेका छन्। महंगाे ब्याज तिरेर बचेका रुपैयाँले पेट पाल्ने हाम्राे सरकारी निकायमा पहुँच पुग्दैन। सराेकारवाला सुन्दैनन्।’
पछिल्लो समय जुम्लामा हत्या, चाेरी, घरेलु हिंसा तथा महिला हिंसाका घटनाहरु बढीरहेका छन्।
गएकाे सात महिनाकाे अवधिमा जिल्ला प्रहरी कार्यालयमा मात्र ४३ वटा महिला हिंसाका घटना दर्ता भएका छन्। केही दिन अघि पार्किङ गरि राखिएकाे इन्भेस्टमेन्ट बैंक जुम्लाकाे माेटरसाइक अज्ञात समुहले जलायाे। कडा सुरक्षा घेराभित्र रहेका थुनुवा भागे भने हिरासत दिएका यातनाका कारण बालककाे मृत्यु समेत भयाे। यसले नागरिकमा त्रास बढेकाे चन्दननाथ -७ मिचाका अटाे चालक राज बहादुर नेपालीले बताए।
‘समग्र जिल्ला असुरक्षित भएको बेला हामी अटाे चालक पनि असुरक्षित भएका छाैं,’ उनले भने, ‘यस्ताे भइरहने हाे भने हामी मुखमा दही जमाएर बस्ने छैनौं।’
अटाे चालहरुकाे समितिले दुइ दिनसम्म हाम्राे माग सुनुवाइ गर्न प्रशासनलाई अनुराेध गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ भने माग सुनुवाइ नभए आन्दोलन गर्न बाध्य हुने अध्यक्ष सुनारले थपे।
हाल तीन पांग्रे पेट्राेलवाला अटाेले चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिकामा सेवा दिइरहेका छन्।