बारीकान्लामै थन्किए मुगाली कृर्षकका स्याउका बिरुवा

नबराज नेपाली १९ फाल्गुन २०७७, बुधबार १३:४६

मुगु– मुगुमा स्याउका बिरुवा उत्पादन बढी भएको र माग कम भएपछि स्याउका बिरुवा बिक्री नहुँदा कृषकले बारीकान्लामै थन्क्याउनुपरेको हो ।

मुगुमा पछिल्लो समय स्याउका बिरुवा उत्पादन गर्ने कृषकको संख्यामा बढोत्तरी भएसंगै यस्ताे समस्या आएकाे हाे ।
मुगुको स्याउ पकेट क्षेत्र ताल्चा, बाम, रोवा, कालापाल्त, बामका कृषकले यो वर्ष उत्पादन गरेको रेड डेलिसियस, इटालियन फुजी, रोयल डेलिसियस, रोयल गोल्डेन, जोनाथन काले, पोलिनाइजर भाले जातका स्याउका बिरुवा बिक्री नहँुदा लाखौँ मूल्यका बिरुवा खेर जाने अवस्था छ ।

वर्षभरि गरेको लगानी र मिहिनेत खेरा जाने अवस्था आएपछि किसानले कृषिमा सहुलियत र अनुदानका कार्यक्रम ल्याउन सरकारसँग माग गरेका छन् ।

‘गत वर्ष बिरुवा कम थिए । माग बढी आयो । यो वर्ष स्याउका बिरुवा वितरण गर्ने कार्यक्रम कम भएको हुँदा बिरुवा बढी छन् । माग काम भएसँगै साढे २ लाखमध्ये १ लाख ७० हजार रुपैयाँ मूल्यका बिरुवा मात्र बिक्री भएका छन्’, छायानाथ रारा नगरपालिकाको वडा नम्बर ५ मा रहेको रितु नर्सरी फार्मका सञ्चालक मणिचन्द्र भामले भने ।

तीन वटै तहका कृषिसम्बन्धी काम गर्ने योजना कृषकमुखी नभएका र पार्टीका कार्यकर्तामुखी योजना कार्यान्वयन गरिँदा गरिखाने कृषकलाई समस्या परेको भामको गुनासो छ ।

यस वर्ष जिल्ला कृषि विकास कार्यालय मुगुले स्याउका बिरुवा उत्पादन गर्ने कृषकको सूचीकृतका लागि माग गर्दा स्याउ बिरुवा उत्पादन गर्ने ७ वटा नर्सरीबाट मात्र उत्पादन गरिएका ७२ हजार १ सय ६० बिरुवा उत्पादन भएका छन् ।

मुगुमा रहेका कृषिसम्बन्धी काम गर्ने सरकारी, गैरसरकारी निकायका वार्षिक कार्यक्रमअनुसार आरसिडिसी मुगुको २६ हजार स्याउका बिरुवा र कृषि विकास कार्यालयले ६ हजार ५ सय गरी ३२ हजार ५ सय बिरुवा मात्र खपत हुनेछन् । बाँकी ३९ हजार ६ सय ६० बिरुवा खेर जाने अवस्था रहेको जिल्ला कृषि विकास कार्यालयको तथ्यांकले देखाएको छ ।

Next Post

प्रधानमन्त्री ओलीलाई संसदीय दलको नेताबाट प्रचण्ड नेपाल समुहले हटायाे

१९ फाल्गुन २०७७, बुधबार १३:४६
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री केपी ओलीलाई संसदीय दलको नेताबाट हटाएको छ । बुधबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठकले संसदीय दलको नेताबाट ओलीलाई हटाउने निर्णय गरेको हो । ‘संसदीय दलको नेता, उपनेता, सचेतकलाई हटाउने निर्णय भएको छ’, केन्द्रीय सदस्य ठाकुर गैरेले भने । बैठक पेरिसडाँडामा […]