राष्ट्रपति विद्यादेवि भण्डारीले ग्रामीण क्षेत्रको स्वास्थ्य शिक्षा र अनुसन्धानमा कर्णाली प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण रहने बताएकिछन।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सञ्चालन हुन गइरहेको एमबिबिएस पढाइको शुभारम्भ समारोह लाई सम्बाेधन गर्दै राष्ट्रपति भण्डारीले रोग र भोकको उपनाम पाएको कर्णालीले देशलाई दक्ष जनशक्ति दिने सामर्थ्यको विकास गरेर स्वास्थ्य क्षेत्रमा फड्को मारेको बताएकिछन ।
राष्ट्रपति भण्डारीले विशेषज्ञ सेवासहितको उपचार र अनुसन्धान सुरु भएकोले अब जटिल रोगको उपचार जुम्लामै सम्भव भएको बताउनुभयो ।
कर्णाली प्रदेशका प्रमुख तिलक परियारले रोग र भोकले ग्रसित कर्णालीमा पछिल्लो समय स्वास्थ्य सेवाका हिसाबले कर्णाली प्रतिष्ठान देशकै भरोसाका रुपमा स्थापित भएको उल्लेख गरे।
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानी प्रसाद खापुङले बिरामीलाई महँगो खर्चमा जहाज चार्टर गरेर सुर्खेत, नेपालगन्ज र काठमाडौँ पुर्याउनु पर्ने बाध्यताको कर्णाली प्रतिष्ठानले अन्त्य गरेको बताए।
प्रतिष्ठानका उपकुलपति डा.मंगल रावलले कुनै बेला शवको पोष्र्टमार्टम गर्न गर्न तथा सामान्य उपचारका लागि डाक्टर खोज्नुपर्ने कर्णालीवासीले अब डाक्टर रोजी रोजी उपचार गराउन पाउने बताए ।
कार्यक्रममा प्रतिष्ठान स्थापनाका पहलकर्ता र जग्गादाता सबैलाई सम्मान गरिएको थियो ।
चिकित्सा शिक्षा आयोगले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एमबिबिएसका लागि २० वटा कोटा छुटाइएकोमा १९ जना भर्ना भएका छन् भने बि फर्मामा २० कोटा निर्धारण भएकोमा ११ जना, बिएनएस तर्फ १६ जना, एमबिबिएस तर्फ ८ र बीपीएच तर्फ ६ जना विद्यार्थी भर्ना भएका छन् ।