एक महिना अधि चाेरी भएर फेला परेकाे ट्याक्टर मालिकले अझै पाएनन्

महेश चाैलागाँई १० माघ २०७८, सोमबार २१:२८

 पुस ७ गते राति जुम्लामा अनाैठाे चाेरीकाे घटना घट्याे। त्याे थियाे ट्याक्टर चाेरीकाे घटना। उक्त ट्याक्टर चाेरी भएर फेला परेकाे एक महिना दसन बितिसक्दा पनि मालिककाे हात लागेकाे छैन।

उक्त ट्याक्टर जुम्लाका प्रतिष्ठित व्यापारी विजय अग्रहरी प्राेप्राइटर रहेकाे विपिन ट्रेडर्सकाे नाममा रहेकाे र ट्याक्टर चाेरी भएकाे दुई दिन पछि फेला परेकाे जुम्लाका डिएसपी नरेन्द्र चन्दले बताए।

उनले भने, ‘एक पटक सवारी ज्यान मुद्दामा परेर नाबालक भनी छुटेका सर्टिफिकेटले १३ वर्षीय सविन शर्माले (नाम परिवर्तन) चाेरेकाे भेटियाे।’

उनका अनुसार चाेरी गर्ने व्यक्ति नाबालक भएकाले उनलाई २१ दिनभन्दा बढी थुनामा राख्न मिल्दैन थियाे। सकेसम्म छिटाे गरेर १० दिनमा प्रक्रिया पुरा गरेर गरेर सरकारी वकिल कार्यालयमा पठाइएकाे थियाे।

उनले चाेरी भएर बरामत भएकाे सामान प्रहरीले सिधै मालिकलाई बुझाउन नमिल्ने भएकाे हुँदा सरकारी वकिल कार्यालयमा बुझाइएकाे बताए।

तर फेला परेकाे ट्याक्टर हालसम्म नपाएकाे मालिक अग्रहरीले बताए। ‘चाेरी गर्ने मान्छे पक्राउ परेका छन्। मेराे ट्याक्टर पनि भेटिएकाे छ,’ उनले भने, ‘एक महिना पुरा भइसक्याे ट्याक्टर पाएकाे छैन। मेराे दैनिक पाँच, सात हजारले नाेक्सान भइरहेकाे छ।’

यता जिल्ला सरकारी वकिल श्यामहरी अधिकारीले चाेरी भएर भेटिएकाे सामान फिर्ता गर्ने अधिकार आफूलाई नभएकाे बताए।

‘ट्याक्टर अदालतमा बुझाइसकेको छ। अदालतकाे आदेशबाट फिर्ता हुने हाे, हाम्राेबाट हाेइन,’ उनले भने, ‘जिल्ला प्रहरी कार्यालय हुँदै पत्र आएपछि हामीले सिफारिस गरिदिने हाे। अदालतले फिर्ता गर्ने हाे।’

यता ट्याक्टर मालिक अग्रहरीले निकायमा धाउँदा धाउँदा थाकेकाे बताए। उनले भने, ‘प्रहरी कार्यालयमा गएपछि सरकारी वकिल कार्यालय, सरकारी वकिल कार्यालय गएपछि अदालत जाउ भन्छन्। अदालतमा गएकाे न्यायाधीश नभएका कारण आदेश हुन सकिरहेको छैन। नेपालकाे कानुन पनि अचम्मको लाग्याे। ट्याक्टर मेराे भएकाे कुरामा सबै प्रमाण पुग्छ। तैपनि मैले पाउन सकिन।’

मुलुकी अपराध संहिता ऐन २०७४ परिच्छेद -२० काे चोरी तथा डाँका सम्बन्धी व्यवस्थाकाे दफा २४७ काे उपदफा (१) मा ‘यस परिच्छेद बमोजिमको कसूर गर्ने कसूरदारबाट त्यस्तो कसूरको बिगो भएमा बिगो जफत गरी सम्पत्ति धनीलाई भराई दिनु पर्नेछ। कसूरदारले बिगोको सम्पत्ति मासिसकेको भए त्यस्तो बिगोको मूल्य बराबरको सम्पत्ति धनीलाई भराई दिनु पर्नेछ।’ भनिएकाे छ।

त्यस्तै (२) मा ‘उपदफा (१) बमोजिम बिगो भराउँदा बरामद भई आएको मालमध्ये चिन्हले वा प्रमाणबाट यसको भन्ने ठहरेको जति जसको हो उसैलाई भराई दिई अरु धनी पत्ता नलागेको माल धरौट राखी तीन महिनाको अवधि दिई सूचना जारी गर्नु पर्नेछ र सो अवधिमा कसैले लिन आयो र चोरीको दरखास्तमा लेखिएको मालसँग मिल्न आयो भने सम्बन्धित मालधनीलाई फिर्ता दिनु पर्नेछ।

त्यसरी मालवस्तु लिन आएन वा दरखास्तको मालमा मिलेन भने पहिले पक्री ल्याउने धनीलाई साबूत भराई बढ्ता भए अरु कायम गराइसकेको धनीलाई दामासाहीको हिसाबले भराई दिई बढी भए लिलाम गरी सरकारी कोषमा दाखिला गर्नुपर्नेछ।’

कानुनमा भनिए अनुसार सबै दसी प्रमाण पुगेपनि न्यायाधीश नभएका कारण अदालतले उनकाे ट्याक्टर फिर्ता दिन नसेकाे जिल्ला अदालत जुम्लाका निमित्त श्रेस्तादार अस्त प्रसाद अधिकारीले बताए।

‘ट्याक्टर मालिकले जिप्रका हुँदै सरकारी वकिल मार्फत ट्याक्टर फिर्ता पाउँ भनी निवेदन दिनुपर्छ। श्रीमानकाे आदेश मार्फत फिर्ता दिन मिल्छ,’ उनले भने, ‘मैले थुनछेककाे आदेश दिन मिलेपनि याे मिल्दैन। श्रीमान आएकाे एक दुई दिनमा कदम चालेपछि फिर्ता हुन्छ।’

Next Post

कर्णाली राजमार्गमा बस दुर्घटना हुँदा ४जना घाइते

१० माघ २०७८, सोमबार २१:२८
कर्णाली राजमार्गमा बस दुर्घटना हुँदा ४जना घाइते भएका छन्। दैलेखदेखि नेपालगन्जका लागि छुटेको कर्णाली प्रदेश ००२००१ख००१ नम्बरको बिहीबार दिउँसो करिब एक बजेतिर बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ । सुर्खेतको बराहाताल-८ दमारेनजिक सडकबाट करिब २० मिटर तल खोल्सामा खसेको छ। प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार बसमा १३ […]