एक महिनादेखि कृषि कार्यालयमा प्रमुखविहीन

नबराज नेपाली २९ पुष २०७९, शुक्रबार ००:०१

मुगु जिल्लामा रहको एक सरकारी कार्यालय विगत एक महिनादेखि कार्यालय प्रमुखविहीन रहेको छ।

कर्णाली प्रदेश सरकारअन्तर्गत रहेको कृषि विकास कार्यालय मुगुमा विगत एक महिना बढीदेखि कार्यालय प्रमुखविहीन भएको हो।

यहि मंसिर १२ गते खेमराज शाही सरुवा भई संघीय मन्त्रालयमा गई र काजमा जुम्ला फर्किएपछि अहिले कृषि विकास कार्यालय मुगु प्रमुखविहीन रहेको कृषि विकास कार्यालय मुगुले जनाएको छ।

कार्यालयमा प्रमुखविहीन भएको आज ठ्याक्कै ४८ दिन पुगेको छ। कार्यालयले दिएको जानकारी अनुसार मन्त्रालयले हालसम्म कुनै पनि कार्यालय प्रमुख पठाउने चाँसो देखाएको छैन। कार्यालय प्रमुख नहुँदा विभिन्न प्रकारका कार्य सम्पादन गर्न असहज बातावरण भएको जनाइएको हो।

कार्यालय प्रमुख नहुँदा विशेष गरेर प्रशासनिक, आर्थिक कारोवार तथा अन्य कार्य सम्पादनमा समेत समस्या भएको कृषि विकास कार्यालय मुगुका अधिकृत हिक्मत राज गिरीले बताए। उनका अनुसार निवर्तमान कार्यालय प्रमुख शाहीले रमना बुझि गए पश्चात हाल आफूले कार्यभार सम्हालेको बताए।

हाल यस कार्यालयका कर्मचारीले स्थलगत रूपमा अगाडी भएका योजनाको फिल्ड भेरिकेसन गर्ने कार्यमात्र गरिरहेको सूचना अधिकारी टेकबहादुर खत्रीले जानकारी दिए।

कृषि विकास कार्यालय मुगुमा कार्यालय प्रमुखमात्र होइन योजना शाखा पनि प्रमुखविहीन भएको छ। विशेष गरेर अन्य शाखा भन्दा योजना शाखा अति आवश्यक शाखा हो। तर शाखामा कर्मचारी नुहँदा योजना छनौट, विनियोजनमा पनि थप समस्या उत्पन्न भएको सूचना अधिकारी खत्रिको भनाई छ। कार्यालयमा तीन वटा अधिकृतको कोटा खालि रहेको छ।

यस कार्यालयको कार्य सम्पादनमा भएको समस्यालाई मध्येनजर गर्दे मन्त्रालयमा जानकारी गराउँदा कुनै पनि सुनुवाई नगरेको कार्यालयले जानकारी दिएको छ।

कार्यालयमा हाल एक वडा एक प्राविधिक, एक जना सवइन्जिनियर र एक जना असिस्ट्रेन्ट इन्जिनियर करार कर्मचारी रहेका छन्।

कार्यालयले गत वर्ष योजनाको कार्यान्वयन नगरि ६६ वटा योजना फिर्ता पठाएको थियो। कार्यालयले समय अभावका कारण ६६ वटा योजना फिर्ता पठाएको थियो। खड्क सुनार

Next Post

सन्दीप लामिछाने धरौटीमा रिहा, विदेश जान रोक

२९ पुष २०७९, शुक्रबार ००:०१
क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ। उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलास पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश बदर गरिदिएको हो। उनीसँग अदालतले २० लाख रुपैयाँ मागेको छ। सन्दीप नाबालिगमाथि बलात्कारको मुद्दामा पुर्पक्षका लागि थुनामा छन्। काठमाडौं जिल्ला […]

सम्बन्धित समाचार