पश्चिमी मङ्गोलियामा चट्याङ लागेर २ जनाको मृत्यु

प्रबचन हमाल २२ श्रावण २०८०, सोमबार ०७:२७

पश्चिमी मङ्गोलियामा चट्याङ लागेर ११ र १२ वर्षका दुई बालिकाको मृत्यु भएको छ भने १४ वर्षका युवक गम्भीर घाइते भएको राष्ट्रिय आपतकालीन व्यवस्थापन निकायले आइतबार जनाएको छ।

घटना शनिबार साँझ  युभिएस प्रान्तको तारियालन सोम (प्रशासकीय उपविभाग) मा भएको  आपतकालीन एजेन्सीले जनाएको छ।  घाइतेको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

मङ्गोलियाका  विभिन्न भागहरू, विशेष गरी मध्य र पूर्वी प्रान्तहरूमा, चट्याङ र मेघगर्जनसँगै भारी वर्षा हुने प्रक्षेपण गरिएको पनि एजेन्सीले जनाएको छ। साथै जनतालाई सावधानी अपनाउन आग्रह गरेको छ।

Next Post

जुम्ला खाद्यन्नमा मौज्दात चामल अभाव, तत्कालका लागि सर्वसाधारणलाई वितरण नगरिने

२२ श्रावण २०८०, सोमबार ०७:२७
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्लाले जुम्लामा आयत भईरहेको चामल अभाव भएकाले सर्वसधारणका लागि केही समय सम्मका लागि वितरण स्थगित गरिएको छ । कार्यालय प्रमुख निर्मल विष्टका अनुसार आर्थिक बर्ष २०७९।०८० सालमा जुम्लाका लागि प्राप्त ४ सय ८२ क्विन्टल चामलमा ९ सय ५९ क्विन्टल मात्रै मौज्दात रहेको छ । […]