कर्णाली प्रतिष्ठानका शतप्रतिशत विधार्थी नर्सिङ लाईसेन्स परिक्षामा उतीर्ण

प्रबचन हमाल २३ श्रावण २०८०, मंगलवार २२:५६

कर्णाली दुरदराजमा विशषज्ञ स्वास्थ्य सेवा पुराउने,अध्यायन अनुसन्धान गर्ने उदेश्य सहित र सेवा २०६८ सालमा स्थापना भएकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले दुर्गम कर्णालीका दुर दराजमा विशषज्ञ सेवाकाे पहुँच विस्तार गरेकाे छ ।

काेराेना महामारीमा देखाएकाे अब्बलता,विशषज्ञ सेवा प्रवाह,कर्णाली सहित १३ जिल्लामा गरेकाे सेवा विस्तार लगायतका कारणले पश्चिम नेपालकै भराेसा केन्द्रका रुपमा कर्णाली प्रतिष्ठान कहलिएकाे छ ।

कर्णाली प्रतिष्ठान स्वास्थ्य सेवा प्रवाहमा मात्र अब्बल छैन् । अध्यायन अध्यापन (प्राज्ञिक) क्षेत्रमा समेत प्रतिष्ठान अब्बल देखिएकाे छ । प्रतिष्ठानले विभिन्न परिक्षामा आफ्नाे अब्बलता झल्काई सकेकाे छ ।

यसैबीच नेपाल नर्सिङ परिषद्ले गत असार २३ गते लिएको नर्सिङ तथा मिडवाईफ्रीको नाम दर्ता (लाइसेन्स) परीक्षामा सहभागी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका शतप्रतिशत विधार्थी उतिर्ण भएका छन् ।

परिक्षामा सहभागी सबै विधार्थिले शत प्रतिशत नतिजा ल्याउन सफल भएका हुन ।

परिक्षामा कर्णाली प्रतिष्ठानका ३४ जना विधार्थी सहभागी थिए । प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महत भन्छन,” परिषद्ले २३ असारमा लिएको ३३ औँ लाइसेन्स परीक्षामा प्रतिष्ठानबाट नर्सिङ अध्ययन पुरा गरेका ३४ जना सहभागी थिए । ती मध्ये सबै जना उत्तीर्ण भएका छन् । यस्तै मिडवाइफ्री तर्फ ५ जनाले परीक्षा दिएकोमा सबै जना पास भएका छन् ।”

परिषद्ले गत २१ साउनमा प्रकाशित गरेको नतिजा अनुसार नर्सिङ तर्फ कुल ७८ प्रतिशत र मिडवाइफ्री तर्फ कुल ९५ प्रतिशत पास भएका छन् ।

सोही परीक्षामा मर्यादाविपरित कार्य गरेको भन्दै परिषद्ले ७ जनालाई तीन वर्ष लाइसेन्स परीक्षामा भाग लिन नदिने समेत कुल ५७ जनालाई कारवाही गरि नतिजा रोकिदिएको छ ।

तर, यहि बेला कर्णाली प्रतिष्ठानका विद्यार्थीले भने प्रतिष्ठानको शैक्षिक गुणस्तरलाई उच्च राख्ने गरी सतप्रतिशत नतिजा निकालेका छन् । जुन कर्णालीकाे लागि खुसीकाे कुरा हाे ।

करीव एक महिना अघि नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले लिएको जनस्वास्थ्य विषय (बीपीएच)को नाम दर्ता (लाइसेन्स) परीक्षामा पनि सत प्रतिशत सफलता भएको नतिजा आएको थियो ।

Next Post

आँखा पाक्ने संक्रमण फैलिएपछि बाँकेका विद्यालय बन्द

२३ श्रावण २०८०, मंगलवार २२:५६
बाँकेमा आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएपछि चार दिनका लागि विद्यालय बन्द गरिएको छ। बाँकेका नेपालगन्ज, कोहलपुर, खजुरालगायतका स्थानमा आँखा पाक्ने रोगबाट बढी विद्यार्थी तथा बालबालिका प्रभावित भएका छन्। बाँकेका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीमा आँखा पाक्ने समस्या देखिएको छ। विद्यार्थीमा आँखा पाक्ने रोगको प्रकोप बढेपछि निजी तथा संस्थागत विद्यालय बन्द गरिएको […]