बन्द कर्णाली राजमार्ग ३४ घण्टापछि खुल्याे

प्रबचन हमाल २६ श्रावण २०८०, शुक्रबार १४:३१

बेपत्ता चालक धन गिरीले न्याय नपाएकाे भन्दै पिडित पक्षद्दारा बन्द कर्णाली राजमार्ग खुलेकाे छ । विहिबार विहान करिब ४: बजेदेखि अबरुद्द राजमार्ग शुक्रबार २ बजे राजमार्ग खुलेकाे हाे ।

खाेज उद्दार तथा अनुसन्धानका लागि केन्द्रकाे विज्ञ टाेलि खटाउन पहल गर्ने, आजै पत्र पठाउने,छाेराछाेरीकाे पठनपाठनकाे तथा राेजगारीकाे व्यवस्थापनमा पहल गर्ने,सर्वाेच्चमा मुद्दा प्रक्रिया अघि बढाउने,उच्च सरकारी वकिलले ३ दिनभित्र मुद्दा तयार गरिदिने,तथा बेपत्ता गिरीकाे खाेज अनुसन्धानका लागि सबै निकायले सहयाेग गर्ने लगायतका सहमति पछि बन्द कर्णाली राजमार्ग खुलेकाे छ ।

श्रीमान बेपत्ताभएपछि श्रीमती मिना गरि छाेराछाेरी लिएर ईटहरी गएर मजदुरी गरिरहेकी छन् । पिडित पक्षले बेपत्ता धन गिरीकाे श्रीमतिकाे राेजगारीकाे व्यवस्थापन गरिदिन माग राखेका थिए । तत्काल कुनै निकायबाट राेजगारी उपल्बध गराउने सहमति भएकाे छ ।

राजमार्ग खुलाउन विहिबारनै प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे, डिएसपी,प्रल्हाद कार्कि,शसस्त्र प्रहरीका एसपी चेतराज जाेशी,सहित,जनप्रतिनिधि,राजनितिक दल र पिडितपक्ष बीच वार्ता गरेपनि साझ सम्म निष्कर्ष बिनै टुंगीएकाे थियाे ।

शुक्रबार पुन जारी वार्ताले पिडित पक्ष संग सराेकारवालाले घटनाकाे थप प्रभावकारी अनुसन्धानमा जाेड दिने,राेजगारी,छाेराछाेरीकाे पठनपाठनका लागि पहल गर्ने सहमती भएपछि करिब ३४ घण्टापछि राजमार्ग सुचारु गरिएकाे छ ।

२०७७ साल असाेज १५ गते बेपत्ता भएका चन्दननाथ ९ बयालकाटिया निवासी २२ वर्षिय धन गिरीले न्याय नपाएकाे भन्दै आफन्तले सडक बन्द गरेका थिए । यसअघि साउन १५ गते पत्रकार सम्मेलन गरि आफ्ना मागकाे सुनुवाई नभए साउन २५ गते सडक बन्द गर्ने बताएका थिए । तर १० दिन सम्म कुनै सुनुवाई नभएपछि साउन २५ गते विहान ५ बजेदेखि सडक बन्द गर्न बाध्य भएकाे पिडित पक्षले बताए ।
बेपत्ता धन गिरीकाे खाेज उद्दार,अनुसन्धानमा पहल गर्ने,राेजगारीकाे व्यवस्थापन गर्ने,विज्ञ अनुसन्धान टाेली खटाउन तत्काल पहल गर्ने लगायतका सहमतीपछि सडक खुलाउन तयार रहेकाे पिडित पक्षका तुल गिरीले बताए ।

न्याय नपाएपछि सडक बन्द गर्न बाध्य भएकाे र त्यसबाट पर्न गएकाे असुविधा प्रति उनले क्षमा मागे । साथै अनुसन्धान प्रक्रियामा जाेड दिए । उनले न्यायधिषकाे फैसला चित्त नबुझेकाेले न्याय परिषद सम्म पुग्ने उल्लेख गरे ।

कर्णाली प्रदेशका सांसद देवेन्द्र बहादुर शाहीले पिडित पक्षकाे राहत तथा उद्दारका निम्ति व्यक्तिगत हिसाबले पहल गर्ने बताए ।

डिएसपी प्रल्हाद कार्किले घटनाकाे अनुसन्धानका लागि विज्ञ टाेली खटाईदिन आजै माग गर्ने बताए । झण्डै ३४ घण्टा राजमार्ग अबरुद्द हुँदा सयाै यात्रु अलपत्र परेका थिए ।

Next Post

कर्णाली प्रदेशका स्वतन्त्र सांसद शाही काँग्रेसै फर्किए

२६ श्रावण २०८०, शुक्रबार १४:३१
नेपाली काँग्रेस भित्रै विद्राेह गरि चुनाव जितेका कर्णाली प्रदेश सांसद पुरानै पार्टीमा फर्किएका छन्। जुम्लाबाट प्रदेश (क) क्षेत्रबाट स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव जितेका प्रदेश सभा सदस्य देवेन्द्र शाहीले नेपाली काँग्रेसमा फर्किएको घाेषणा गरेका छन्। आज जुम्लामा आयाेजित पत्रकार भेटघाटमा सांसद शाहीले स्वतन्त्र भएर निर्वाचन जिते पनि पार्टी त्यागेकाे अभिव्यक्ति कहल्यै […]