बालुवा उतार्न गएकी बालिकाको मृत्यु

प्रबचन हमाल ३२ श्रावण २०८०, बिहीबार १६:२४

जुम्लाकाे सिंजा कनकासुन्दरी गाउँपालिका- ६ मा बालुवा उतार्न गएकी एक किशोरीलाई नदीले बगाउँदा मृत्यु भएकाे छ।

मृत्यु हुनेमा कनकासुन्दरी- ६ दाँतेओखर गाउँकी १७ वर्षकी मैना सार्की रहेकाे स्थानीय कर वर्डले जानकारी दिए।

उनकाअनुसार मृतक बालिका हिमा नदीकाे लाैडीसेन भन्ने ठाउँनेर बालुवा उतारिरहेकी थिइन्। त्यहिबेला नदीका छालले चिप्ल्याएर उनकाे मृत्यु भएकाे हाे।

‘नदीले लाैडीसेबाट तीन सय मिटर तलसम्म बगाएपछि बालिकाकाे मृत्यु भयाे,’ उनले भने, ‘नदीकाे बहाव अध्याधिक बढेकाे हुनाले बालिका बचाउन सकिएन।’

मृतक बालिका पाण्डवगुफा मा.वि. काेटघरमा १० मा अध्ययनरत छात्रा भएकाे कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष दामाेदर आचार्यले बताए।

‘अहिले लास काेटघर स्वास्थ्य चाैकीमा राखिएकाे छ,’ उनले भने,‘उनकाे पाेष्ट माटमकाे लागि जिल्लाबाट टाेली आउँदैछ।’

Next Post

तेस्रो तथा निर्णायक टी–२० क्रिकेट शृङ्खला न्युजिल्यान्डले जित्यो, यूएई पराजित

३२ श्रावण २०८०, बिहीबार १६:२४
यूएईसँगको तेस्रो तथा निर्णायक टी–२० क्रिकेट न्युजिल्यान्डले  जितेको छ । दुबईमा  गएराति भएको खेलमा न्युजिल्यान्ड ३२ रनले विजयी भएको हो । जितका लागि न्युजिल्यान्डले दिएको १६७ रनको लक्ष्य पछ्याएको यूएईले निर्धारित समयमा सात विकेट गुमाएर मात्र १३४ रन बनाउन सक्यो । यूएईका लागि आयन अफजल खानले सर्वाधिक ४२ रन बनाए । […]

सम्बन्धित समाचार