कर्णालीमा आँखाको उपचार सेवा पुर्‍याउन कर्णाली प्रतिष्ठान र तिलगङ्गाबीच सम्झौता

प्रबचन हमाल ९ भाद्र २०८०, शनिबार १४:४९

कर्णालीभरी आँखा उपचार सम्बन्धी सेवा पुर्‍याउन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र तिलगङ्गा आँखा अस्पताल काठमाण्डौबीच सेवाविस्तारको सम्झौता भएको छ ।

तिलगङ्गा आँखा अस्पतालका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा.सन्दुक रुइत र प्रतिष्ठानका उपकुलपति डा.मङ्गल रावलले सहकार्यको सम्झौता गर्नुभएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. रुइतले कर्णाली प्रतिष्ठान अन्तर्गतकाे आँखा विभागलाई अत्यधुनिक शल्यक्रिया सुविधाका लागि जनशक्तिका लागि तालिम र स्वास्थ्य उपकरण उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।

उहाँका अनुसार कर्णाली प्रतिष्ठानसँगै विकटमा आँखा स्वास्थ्यको सेवा विस्तार गरिनेछ ।

अब कर्णालीका कुनाकुनामा पुगेर मोतिबिन्दु, जलबिन्दु, चिनी रोगबाट आँखामा आउने समस्यालगायतको उपचार सेवाबाट बिरामीलाई सहज हुनेछ ।

प्रतिष्ठानका उपकुलपति डा.रावलले प्रतिष्ठानमा आँखा स्वास्थ्यसम्बन्धी बहिरङ्ग सेवा सञ्चालन भए पनि अबको ४ महिनामा अत्यधुनिक आँखा विभाग स्थापना हुने बताउनुभयो ।

Next Post

सिंजा केदारनाथ महोत्सव आज देखि

९ भाद्र २०८०, शनिबार १४:४९
जुम्लामा आज देखि सिंजा केदारनाथ महोत्सव सुरु हुने भएको छ । साउन पूर्णी, एकादशी केदारनाथको मेला, भारा न्हान्य, गौजो काट्ने बर माग्ने मेला भन्ने मूल नाराका साथ सिंजा गाउॅपालिका-४ बारेगाउॅ नजिकैको केदारनाथ मन्दिरमा महोत्सवको आयोजना गरिएको हो । महोत्सव ३ दिनसम्म चल्नेछ । महोत्सव संचालन गर्न भन्दै आइतबार सार्वजनिक बिदा […]

सम्बन्धित समाचार