देउवाले ताेके १५ विभाग प्रमुख

प्रबचन हमाल १६ भाद्र २०८०, शनिबार ०५:४२

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधान बमोजिम पार्टीका विभिन्न १५ केन्द्रीय विभागमा प्रमुख मनोनित गरेका छन्।

उनले शुक्रबार (आज) काँग्रेस केन्द्रीय कार्यसमितिका सदस्यहरु कृष्णचन्द्र नेपाली पोखरेललाई प्रदेश समन्वय, पुष्पा भुसाललाई महिला, चिनकाजी श्रेष्ठलाई उद्योग तथा व्यापार, किरण यादवलाई तराई—मधेश समन्वय विभागको प्रमुखमा मनोनित गरेका हुन्।

यसैगरी उनले केन्द्रीय सदस्य योगेन्द्र चौधरीलाई थारु, गेहेन्द्र गिरीलाई जेष्ठ नागरिक समन्वय, आङ्गेलु शेर्पालाई पर्यटन, डा रणबहादुर रावललाई गैरसरकारी संस्था समन्वय, दिलमान पाख्रिनलाई आदिवासी जनजाति, प्रकाश रसाईली स्नेहीलाई वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभागमा मनोनित गरेको काँग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

उनकाअनुसार देउवाले रङ्गमती शाहीलाई पिछडिएको क्षेत्र, गुरु बराललाई आपूर्ति तथा उपभोक्ता, नानु बास्तोलालाई जिल्ला सम्पर्क समिति समन्वय, मदनकृष्ण श्रेष्ठलाई अपाङ्गता भएका व्यक्ति र समुदाय समन्वय एवं सीता थपलिया (उर्मिला)लाई उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको प्रमुखमा मनोनित गरेका छन्।

Next Post

जुम्लामा जिप दुर्घटनाः दुई जना काे मुत्यु

१६ भाद्र २०८०, शनिबार ०५:४२
जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ४ स्थित छलपुनेरा भन्ने स्थानमा जिप दुर्घटना हुँदा दुईजनाको घटना स्थलमै ज्यान गएको छ । नाग्म देखि मुगु सडक खण्ड अन्तर्गत छलपुनेरा भन्ने स्थानमा जुम्लाबाट मुगु तर्फ जाँदै गरेको भे १ ज १०९९ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा परि चालक र सहचालक दुवै […]