जुम्लामा जिप दुर्घटनाः दुई जना काे मुत्यु

प्रबचन हमाल १७ भाद्र २०८०, आईतवार ०९:४९

जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ४ स्थित छलपुनेरा भन्ने स्थानमा जिप दुर्घटना हुँदा दुईजनाको घटना स्थलमै ज्यान गएको छ । नाग्म देखि मुगु सडक खण्ड अन्तर्गत छलपुनेरा भन्ने स्थानमा जुम्लाबाट मुगु तर्फ जाँदै गरेको भे १ ज १०९९ नम्बरको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा परि चालक र सहचालक दुवै जनाको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी यामवहादुर बुढामगरले बताउनु भयो । चालक र सहचालकको सनाखत हुन नसकेको उहाको भनाइ छ । जिप सडकबाट अन्दाजि ३ सय मिटर तल खसेको उहाँले जानकारी गराउनु भयो ।

आईतबार विहान ६ः४५ बजेको समयमा जिप दुर्घटना भएको उहाँले जानकारी गराउनु भयो । उक्त जिपमा सावर दुईजना मध्ये दुवै जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । दुर्घटनाको विषयमा थप अनुसन्धान भई रहेको बुढामगरले जानकारी गराउनु भयो ।

Next Post

आज श्रीकृष्ण जन्माष्टमी, भक्तिपूर्वक पूजा–आराधना गरी मनाइँदै

१७ भाद्र २०८०, आईतवार ०९:४९
वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ। यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ […]