बाँकेमा रोकिराखेको ट्रकमा बस ठोक्कियो, ७ को मृत्यु

प्रबचन हमाल २३ भाद्र २०८०, शनिबार ०९:०८

बाँके सडक खण्डमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोहलपुरस्थित शमशेरगञ्जमा शुक्रबार राति १० बजे भएको बस दुर्घटना परी ७ जनाको मृत्यु भएको हो ।

बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार दाङबाट बर्दियातर्फ आउँदै गरेको ना ७ ख २३२१ नम्बरको बस दुर्घटनामा परी ७ जनाको मृत्यु हुनुका साथै ३० भन्दा बढी घाइतेसमेत भएका छन । उनका अनुसार बाँकेको शमशेरगन्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा सो बस राती करिब १० बजेतिर ठोक्किन पुगेको थियो ।

रोकिराखेको ट्रकमा बस ठोक्किन पुगे पछि भएको सो दुर्घटनामा परी घाइते भएकोहरुको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Next Post

क्रिकेटर आशिफ शेखमाथि बलात्कार आरोप, ‘अनसेफ सेक्स’ गरेको भन्दै प्रहरी कहाँ पुगिन् पीडित

२३ भाद्र २०८०, शनिबार ०९:०८
क्रिकेटर आशिफ शेखमाथि बलात्कार आरोप लागेकाे छ। आशिफले विभिन्न प्रभावमा पारेर बलात्कार गरेको भन्दै पीडितका आफन्त उजुरी लिएर कालीमाटीस्थित नेपाल प्रहरीको महिला सेलमा पुगेका छन्। आइतबार दिउँसो उजुरी लिएर महानगरीय प्रहरी परिसर काठमाडौँ (टेकु) पुगेका पीडितका आफन्तलाई प्रहरीले कालीमाटी पठाएको हो। यद्यपि, कालीमाटी प्रहरीले पनि रित नपुगेको भन्दै उजुरी दर्ता गरेको […]