सुवास नेम्वाङको शव श्रद्धाञ्जलिका भोलिसम्म एमाले पार्टी कार्यालयमा राखिने

प्रबचन हमाल २६ भाद्र २०८०, मंगलवार ०६:२३

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको शव भोलि (बुधबार) सम्म नेकपा एमालेको च्यासलस्थित पार्टी कार्यालयमा राखिने भएको छ ।

श्रद्धाञ्जलिका लागि पार्टी कार्यालयमा लैजाने तयारी भइरहेको इलाम क्षेत्र नं. १ का सांसद् महेश बस्नेतले  बताए ।

पूर्वसभामुख समेत रहेका नेम्वाङलाई राति १ बजे हृदयघात भएको थियो । त्रिवि शिक्षण अस्पताल पुर्‍याउने वित्तिकै चिकित्सकहरुले मृत घोषित गरेका थिए ।

उनको निधनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली लगायत शीर्ष नेताहरु अस्पताल पुगेका छन् ।

Next Post

कासमा करोडको एसडि क्युडि टु फिलम प्रयोग विहिन

२६ भाद्र २०८०, मंगलवार ०६:२३
कर्णाली आज=कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा नयाँ ल्याईएको एक करोडको एसडि क्युडि टु फिलम प्रयोग विहिन अवस्थामा छ । गएको साउन महिनाको अन्तिम सातामा ल्याईएको फिलम जडान गरेकै दिनबाट प्रयोग विहिन अवस्थामा रहेको बताईएको छ । एसडि क्युडि फिल्म आउनु पर्नेमा एसडि क्युडि टु फिलम आएको र त्यो फिल्म जडान […]

सम्बन्धित समाचार