काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा चार जनाको हत्या

प्रबचन हमाल ३० भाद्र २०८०, शनिबार ०७:३३

काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा चार जनाको हत्या भएको छ।

हत्या हुनेमा दुई जना पुरुष र दुई जना महिला रहेका छन्। काठमाडौं प्रहरी परिसरका सहप्रवक्ता अनिल अधिकारीले घटनाबारे पुष्टि गरेका छन्।

गैह्रीगाउँको दिव्य मिलभित्र हत्या गरेको अवस्थामा चार जनाकाे शव फेला परेको हो। उनले भने– ‘धारिलो हतियार प्रहार गरेर हत्या गरेको अवस्थामा चार जनाको शव भेटिएको छ।’

हत्या हुनेमा दोलखा घर भएका तिन जना र एक जना धनकुटाका छन्। गए राति १२ बजेतिर घटना भएको बताइएको छ। घटनाको अनुसन्धानमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरू खटिएका छन्।

Next Post

जुम्लामा नियमविपरीतका मेडिकललाई जरिवाना

३० भाद्र २०८०, शनिबार ०७:३३
जुम्लामा नियमविपरीत सञ्चालनमा रहेका मेडिकललाई जरिवाना गरिएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता सरंक्षण कार्यालय बाँके, जिल्ला प्रशासन कार्यालय जुम्ला र घरेलु तथा साना उद्योग कार्यालय जुम्लाले संयुक्त मेडिकल अनुगमन गरेको हो। अनुगमनमा क्रममा औषधि खरिद र बिक्रीको अभिलेख नराखेको तथा मेडिकल नवीकरण नगरेको, नियमविपरीत मेडिकल सञ्चालित देखिएपछि जरिवाना गरिएको हो। […]