जुम्लामा नियमविपरीतका मेडिकललाई जरिवाना

प्रबचन हमाल ३१ भाद्र २०८०, आईतवार १२:०३

जुम्लामा नियमविपरीत सञ्चालनमा रहेका मेडिकललाई जरिवाना गरिएको छ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता सरंक्षण कार्यालय बाँके, जिल्ला प्रशासन कार्यालय जुम्ला र घरेलु तथा साना उद्योग कार्यालय जुम्लाले संयुक्त मेडिकल अनुगमन गरेको हो।

अनुगमनमा क्रममा औषधि खरिद र बिक्रीको अभिलेख नराखेको तथा मेडिकल नवीकरण नगरेको, नियमविपरीत मेडिकल सञ्चालित देखिएपछि जरिवाना गरिएको हो।

जरिवाना पर्नेमा ओम मनिष पोलिक्लिनिक एण्ड रेफरल सेन्टर, चन्दननाथ औषधि पसल र कर्णाली मेडिकल रहेका छन्। जसलाई क्रमशः ५० हजार, ५० हजार र २० हजार रुपैयाँ जरिवाना गरिएकाे छ।

मेडिकलहरू अव्यवस्थित र दायराभन्दा बाहिर सञ्चालन गरेको पाइएको छ अनुगमनमा संलग्नहरुले बताएका छन्।

जुम्लाको सदरमुकाम खलंगामा बजारमा अवस्थित चन्दननाथ नगरपालिका विभिन्न ठाउँमा सञ्चालनमा रहेका मेडिकलमा अनुगमन गर्दा धेरै समस्याहरू देखिएका छन्।

चेक जाँच गर्ने ठाउँ तथा औषधि राख्ने ठाउँ पनि राम्रो नभएको अनुगमन टोलीले बताएको छ।

Next Post

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि बन्द आकस्मिक सेबा बाहेक सबै बन्द

३१ भाद्र २०८०, आईतवार १२:०३
डाक्टरमाथि कुटपिट भएको विषयलाई लिएर देशभरका अस्पताल बन्द गरेर डाक्टरहरु आन्दोलनमा उत्रिएका छन्। यही भदौ २७ गते सन्चो अस्पताल हेटौँडाका दुई जना डाक्टरमाथि कुटपिट भएपछि देशभरका चिकित्सक, स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका हुन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका डाक्टरहरु पनि आन्दोलनमा उत्रिएका छन्। प्रतिष्ठानमा आकस्मिकबाहेकका सेवा ठप्प छ। डाक्टरहरु भने अस्पतालबाहिर आन्दोलित […]