अण्डर १६ फुटबल प्रतियोगितामा भैरव मावि धोपिढुस्का र त्रिभुवन मावि झारज्वाला विजेता

प्रबचन हमाल २० आश्विन २०८०, शनिबार २०:२१

अण्डर १६ फुटबल प्रतियोगिताको छात्रतर्फ भैरव मावि धोपिढुस्का र छात्रातर्फ त्रिभुवन मावि झारज्वालाको टिम विजेता भएको छ । शनिबार भएको फाईनल खेलमा त्रिभुवन मावि झारज्वाला र भैरब मावि धोपिढुस्का बिच भएको खेलमा १ का विरुद्ध २ गोलले भैरब मावि धोपिढुस्का विजेता भएको हो ।

यस्तै छात्रा तर्फ त्रिभुवन मावि झारज्वाला र चन्दननाथ माविका बिच भएको थियो । निर्धारित समयमा बराबरि गोल भएपछि पेनाल्टी सुटआउटमा चन्दननाथ माविका छात्रालाई पराजित गर्दै त्रिभुवन मावि झारज्वालाका छात्राको टिम विजेता भएका हो । प्रति टिमबाट ५ जनाले पेनाल्टी हानेकोमा त्रिभुवन माविको गोलकिपरले १ एउटा बल रोक्नुका साथै चन्दननाथ माविका छात्राले हानेको एउटा बल पोलमा लाग्दा ३ का विरुद्ध ५ गोलले त्रिभुवन माविको छात्राको टिम विजेता भएको हो ।

विजेता दुवै टिमले ट्रफि र फुटबल प्राप्त गरेको छ । यसैगरि, उत्कृष्ट खेलाडिमा चन्दननाथ माविका छात्रा ललिता बुढा र छात्रतर्फ भैरव मावि धोपिढुस्काका दिनेश धरालाले प्रमाण पत्र पाउनु भएको छ । उत्कृष्ट गोलकर्ताको प्रमाण पत्र त्रिभुवन मावि झारज्वालाका छात्रा अस्मिता भण्डारी र जयरत्न कर्णाली बोर्डिङ्ग स्कुलका छात्र सुमन जैशीले पाउनु भएको छ ।

भण्डारीले ३ र जैशीले ४ गोल गरेको जिल्ला फुटबल संघ जुम्लाका महासचिव दिपेन्द्र विक्रम हमालले बताउनु भयो । यस्तै उत्कृष्ट गोल रक्षकको प्रमाणपत्र त्रिभुवन माविका छात्रा कन्चन भण्डारी र भैरव मावि धोपिढुस्का छात्र नविन रावलले पाउनु भएको छ । उत्कृष्ट डिफेन्सको प्रमाण पत्र भैरव माविका छात्र पारस धराला र त्रिभुवन माविका छात्रा टिका थापाले पाउनु भएको छ ।

अण्डर १६ फुटबल प्रतियोगिता शान्त, मर्यादित र व्यवस्थित रुपमा सम्पन्न भएको हमालले बताउनु भयो । उहाँका अनुसार, त्रिभुवन माविका छात्रा र भैरव माविका छात्र कर्णाली प्रदेशको सुर्खेतमा हुने फुटबल प्रतियोगितामा भाग लिन पाउने जानकारी गराउनु भयो । असोज १३ गतेका दिनबाट सुरु भएको फुटबल टुनामेन्ट प्रतियोगितामा १८ वटा छात्र र १२ वटा छात्राको टिम सहभागि भएको उहाँको भनाइ छ ।

हमालका अनुसार, सहभागि सबै विद्यालयलाई प्रमाण पत्र प्रदान गरिएको जानकारी गराउनु भयो । जुम्लामा यो भन्दा पहिले भएका फुटबल प्रतियोगितामा विवादित हुने गरेको थियो । तर, यो पटक सामान्य बाँहेक अन्य विवाद नभई खेल सम्पन्न गर्न पाउँदा आयोजक जिल्ला फुटबल संघ जुम्ला सुखी भएको छ ।

Next Post

सडक निर्माणकाे लागि हुम्ला पुगेका व्यक्ति तुइनको डोरी चुडिँदा कर्णाली नदीमा बेपत्ता

२० आश्विन २०८०, शनिबार २०:२१
हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको कर्णाली नदी पार गर्ने क्रममा तुइन तान्ने डोरी चुडिँदा एक जना बेपत्ता भएका छन्। सर्केगाड– २ रिपस्थित ल्याप्चेको (खडीखेत) घाटमा शनिबार साँझ तुइन तर्ने क्रममा ३८ वर्षीय मक्करसिंह नेपाली कर्णाली नदीमा खसेर बेपत्ता भएका हुन्। उनी मुगु जिल्ला सोरु गाउँपालिका– ५ नेरगाउँका रहेको बताइएको छ। […]