मुगुमा आमासहित तीन छोराछोरीको हत्या

प्रबचन हमाल १० कार्तिक २०८०, शुक्रबार १५:३७

मुगुमा एकै परिवारको चार जनाको शव फेला परेको छ।

मुगुको छाँयानाथरारा नगरपालिका–६ मन्दु गाउँकी २६ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षीय छोरा मनोज बोहोरा, १ वर्षीया छोरा रहर बोहोरा र ७ वर्षीया छोरी अप्सरा बोहोराको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरुको कम्तीमा तीन दिनअघि हत्या गरेर बाहिरबाट ताल्चा लगाइएको अवस्थामा शव फेला परेको हाे।

गत मंगलबार दसैंको टीका लगाएर माइतीबाट फर्किएका उनीहरूकाे शव आज बिहान घरभित्र फेला परेको हो। सबै शव पोष्टमार्टमको निम्ति जिल्ला अस्पतालमा राखिएको छ।

मृतक श्रीदेवीका श्रीमान भने विदेशमा छन्।

Next Post

दैलेखमा झडप हुँदा दुई युवकको मृत्यु

१० कार्तिक २०८०, शुक्रबार १५:३७
दैलेखकाे दुई ठाउँमा भएको झडपका क्रममा दुई युवकको मृत्यु भएको छ। कुटपिटबाट घाइते भएका दुईजनाको मृत्यु भएको दैलेख प्रहरीले जनाएको छ। मृत्यु हुनेमा दैलेखको नारायण नगरपालिका–७ का २५ वर्षीय रोहन शाही र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ का २० वर्षीय किशोर बुढा क्षेत्री रहेका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार बिहीबार राति […]