जुम्लामा सुरु भयाे एक लाख राशिको वडा कप

प्रबचन हमाल ११ कार्तिक २०८०, शनिबार १९:३२

जुम्लाकाे चन्दननाथ नगरपालिका -४ काे आयाेजनामा वडा कप सुरु भएकाे छ।

एक लाख राशि रहेकाे वडा कप शनिबारदेखि सुरु भएकाे हाे। आयाेजकका अनुसार वडा कपमा द्वितीय स्थान हासिल गर्ने टिमले ५१ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ। आठ स्थानीय तह र ६० वडा अस्तित्वमा रहेकाे जुम्लामा ३० वटा टिमले सहभागीता जनाएका छन्।

जिल्लाका सिंजा र हिमा गाउँपालिकाबाट कुनै पनि टिम सहभागी छैनन्। ओपनिङ खेल चन्दननाथ ४ भेट्रान र चन्दननाथ ५ भेट्रान बिच खेल सम्पन्न भयाे। खेल कार्तिक २२ गते सम्म सञ्चालन हुनेछ। प्रत्येक टिममा १८ खेलाडी, ३ जना प्रशिक्षक, व्यवस्थापक र मेडिकल अफिसियल गरि २१ जना समावेश रहेका छन्।

Next Post

स्व. दिपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार रावतललाई

११ कार्तिक २०८०, शनिबार १९:३२
पत्रकार विजय रावतलाई स्व.दिपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ। कार्तिक १३ गते बसेको स्व.दिपबहादुर स्मृति छनोट समितिको बैठकले यस वर्षको पुरस्कार रावतलाई प्रदान गर्ने निर्णय गरेको हो। पत्रकार रावत विकट कर्णालीको जुम्लामा रहि  सक्रिय पत्रकारिता गर्दै आएका छन्। उनी राष्ट्रिय समाचार समिति (रासस) र हिमालयन टाईम्समा कार्यरत […]