जुम्ला जिल्ला सदरमुकाममा रैथाने बालीको परिकार सम्बन्धि होटल व्यवसायीहरुलाई स्थानीय तथा रैथाने खाद्य परिकार बिकास तालिमकाे आइतबार एक कार्यक्रमका बिच कार्यक्रम समापन गरिएकाे छ । जुम्लाका विभिन्न ठाउँमा हाेटेल गरिरहेका हाेटेल व्यावसायीहरूलाई रैथाने खाद्य बिकास सम्बन्धि तालिमकाे चन्दननाथ नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष तिलक प्रशाद न्याैपानेद्वारा आइतबार उद्घाटन गरिएको कार्यक्रम साेमबार समापन भएकाे हाे । यूएन,डिपिकाे आर्थिक सहयाेग र लि,बड जुम्लाको साझेदारीमा उक्त तालिमकाे समापन गरिएको गरिएको हाे ।
पातारासि गाउँपालिका, तातोपानी, गुठिचाैर गाउँपालिका र चन्दननाथ नगरपालिकाका झण्डै २० जनालाई स्थानीय तथा रैथाने बालीका विभिन्न परिकार बनाउने सम्बन्धि सीप बिकास तालिमकाे आयाेजना गरि सीप प्रदान गर्न लागिएको रिराज परियाेजना अन्तरगत लि-बड जुम्लाका कार्यक्रम संयाेजक गाेबिन्द ढकालले बताउनुभयो ।
कोदो, माटे, फापर, चिनो, कागुनो लगाएतका रैथाने बालीहरुको परिकार बनाउने सीप प्रदान गरिने बताउनुभयो । उहाँले भन्नुभयो, जुम्लामा उत्पादन भएका रैथाने बालिकाे संरक्षण सँगै वाह्य बजारकाे पनि ब्याबस्थापन गर्नकाे निमित्त कार्यक्रमले भुमिका खेल्ने बताउनुभयो ।
यस्तै कार्यक्रममा बाेल्दै चन्दननाथ नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष तिलक प्रसाद न्याैपानेले यस्ता खालका कार्यक्रमले सिपमा पनि बिकास हुनुका साथै रैथाने बालि बिश्व बजारमा चिनिने बताउनुभयो । उहाँका अनुसार अन्य ठाउँकाे खाजा भन्दा अर्गानिक खाजा खाँदा स्वास्थ्यका लागि राम्रो हुने बताउनुभयो ।
जीवनशैलीमा आएको परिवर्तनले रैथाने वालीको संरक्षण गर्न र अर्गानिक कृषि पद्धतिलाई स्थायित्व दिन चुनौतिहरु थपिएको भेरी बताउनुभयो । उहाँका अनुसार रैथाने वालीको परिकार सम्बन्धिको दुई दिने तालिमको समापन कार्यक्रममा बोल्दै न्याैपानेले बताउनुभयो ।
यस्तै माैलिक खाजा घर काठमाडौं बाट जुम्ला प्रशिक्षकका लागि जुम्ला पुग्नु भएका कार्यक्रमका प्रशिक्षक सुमन दाहालले जुम्लाको रैथाने बालिले बिश्व बजार धाएकाे बताउनुभयो । उहाँका अनुसार हामिले पनि बाहिरकाे खाना प्रयाेग नगरेर रैथाने बालिकाे बिकासमा लाग्नु पर्ने बताउनु भयाे । कति पय पर्यटक रैथाने बालि भनेर जुम्ला पुग्ने गरेका छन् । जुम्लाको रैथाने बालिकाे बिकास गर्न हाेटेल देखि जुम्लाका सबैकाे उतिक्कै भुमिका रहेकाे बताउनुभयो ।