पेट्रोलियम पदार्थको मूल्य वृद्धि प्रतिलिटर ४ रुपैयाँ बढाउने निर्णय गरेको छ

भवानी प्रसाद पाण्डे १८ माघ २०८१, शुक्रबार २१:५०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।  आजै मध्यरातदेखि लागू हुनेगरी निगमले पेट्रोलको प्रतिलिटर २ तथा डिजेल र मट्टितेलको प्रतिलिटर ४ रुपैयाँ  बढाउने निर्णय गरेको हो।

यस्तै निगमले हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ तथा अन्तर्राष्ट्रियतर्फ  काठमाडौँका लागि प्रतिकिलोलिटर डलर ४३ बढाएको छ ।

इन्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएकाले आन्तरिक बजारमा पनि सोहीअनुसार समायोजन गरिएको निगमले शुक्रबार राति जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नयाँ मूल्यअनुसार काठमाडौँमा पेट्रोलको मूल्य १६७ रुपैयाँ पुगेको छ भने डिजेल तथा मट्टितेलको १६० रुपैयाँ पुगेको छ।

Next Post

तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो

१८ माघ २०८१, शुक्रबार २१:५०
आज देश का  अधिकाङस ठाउँमा मैसम बदलि हुने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ। अन्य प्रदेशको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहान देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा […]