रारा राष्ट्रिय निकुञ्जमा संरक्षित पक्षी चोरी शिकारी गर्ने दुई जना किशोर पक्राउ

भवानी प्रसाद पाण्डे १९ माघ २०८१, शनिबार ०७:२९

रारा राष्ट्रिय निकुञ्ज क्षेत्रमा संरक्षित राष्ट्रिय पक्षी डाँफे तथा अन्य पक्षीहरूको अवैध शिकार तथा ओसारपसारमा संलग्न दुई जना पक्राउ परेका छन्। निकुञ्जका कर्मचारी तथा सुरक्षार्थ तैनाथ श्री हनुमानध्वज गुल्मको संयुक्त टोलीले विशेष अपरेशन सञ्चालन गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो।

गोप्य सूचनाका आधारमा गरिएको अपरेशनमा जुम्ला जिल्ला कनकासुन्दरी गाउँपालिका वडा नं ०१ निवासी २६ वर्षीय मान बहादुर कठायत र ३९ वर्षीय गोरे कठायतलाई पक्राउ गरिएको हो। उनीहरू भरुवा बन्दुक प्रयोग गरी चोरी सिकारमा संलग्न रहेको पुष्टि भएको छ। पक्राउ परेकाहरूको साथबाट तीन वटा मृत डाँफे, तीन वटा मृत फग्रास, भरुवा बन्दुक, त्यसमा प्रयोग हुने ३६ थान गोली, २७ थान केप, बारुदका बट्टा, बारुद बनाउन प्रयोग गरिने सोडा तथा अन्य सामग्रीहरू बरामद गरिएको छ।

निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत महेश न्यौपानेका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ३० (१) बमोजिम कानूनी कारबाही अघि बढाइएको छ। निकुञ्ज प्रशासनले वन्यजन्तु संरक्षणमा अवैध शिकार तथा ओसारपसारलाई कडाइका साथ नियन्त्रण गर्ने नीति अवलम्बन गरेको जनाएको छ।

Next Post

जुम्लामा माटाेकाे ढिस्काेमा पुरिएर एक जनाकाे मृत्यु

१९ माघ २०८१, शनिबार ०७:२९
जुम्लामा माटोको ढिस्कोमा पुरिएर एक जना महिलाको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका वडा -६ कि अन्दाजी २५ वर्षीय बिमला सुनारकाे माटाेकाे ढिस्कोमा पुरिएर मृत्यु भएको हो । चन्दननाथ नगरपालिका वडा -४ स्थित मालाभिडमा रहेको माटीखानमा खनेर माटो निकाल्दै गर्दा एक्कासी माटोको ढिस्को खसेपछि पुरिएर शनिवार दिउँसो करिब साढे १ […]