जुम्लामा माटाेकाे ढिस्काेमा पुरिएर एक जनाकाे मृत्यु

भवानी प्रसाद पाण्डे १९ माघ २०८१, शनिबार १७:०४

जुम्लामा माटोको ढिस्कोमा पुरिएर एक जना महिलाको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका वडा -६ कि अन्दाजी २५ वर्षीय बिमला सुनारकाे माटाेकाे ढिस्कोमा पुरिएर मृत्यु भएको हो ।

चन्दननाथ नगरपालिका वडा -४ स्थित मालाभिडमा रहेको माटीखानमा खनेर माटो निकाल्दै गर्दा एक्कासी माटोको ढिस्को खसेपछि पुरिएर शनिवार दिउँसो करिब साढे १ बजे मृत्यु भएको डिएसपी छेदिलाल कामतीले कर्णाली मिसनलाई बताए ।

मृत्तक बिमला सुनार सहित ५÷६ जना माटो ल्याउन गएका रहेछन् ।’ उनले भने,‘एक्कासी माटोको ढिस्को खसेपछि बिमलाको पुरिएर निधन भएको र अन्य भागेर बाच्न सफल भएका छन् । माटीखानको भित्रीभागमा भएकोले बिमला सुनार भाग्न नसकेको बुझिएको छ ।’
शबको पोष्टमार्टका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

यता चन्दननाथ नगरपालिका वडा नंं ६ का अध्यक्ष रवि थापाले मृत्तकका आफन्त भेट्न अस्पतालतिर जान लागेको बताए ।मृत्तक बिमला सुनारका श्रीमान भने हाल बैदेशिक रोजगारीको शिलशिलामा देशबाहिर रहेका छन् ।

Next Post

एआई) का दुई ठुला मोडेल सार्वजनिक

१९ माघ २०८१, शनिबार १७:०४
 (एआई) का दुई ठुला मोडेल सार्वजनिक गरेसँगै प्रविधिको क्षेत्रमा आँधीबेहरी आएको छ। यसअघि अमेरिकाका ठुला कम्पनीको दबदबा रहेको यो क्षेत्रमा अत्यन्त कम लागत र कम्प्युटिङ शक्तिमा आधारित रहेर चिनियाँ कम्पनीहरू प्रतिस्पर्धामा उत्रिएका छन्। जनवरी २० मा हाङाझाउमा रहेको एक कम्पनीले ओपन सोर्समा आधारित डिपसिक–आर १ नामक ‘तार्किक’ मोडल सार्वजनिक गरेको […]