चितवनमा रवि लामिछानेलाई हिरासत पठाउन आदेश

भवानी प्रसाद पाण्डे २३ माघ २०८१, बुधबार १८:४९

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन जिल्ला अदालतले न्यायिक हिरासतमा पठाएको छ।

सहारा सहकारी ठगी प्रकरणमा मंगलबार लामिछानेलगायतका विरुद्ध मुद्दा दर्ता गरिएकोमा बुधबारदेखि बयान र थुनछेक बहस सुरु भएको हो।

न्यायाधीश दयाराम पौडेलेको इजलासमा भएको थुनछेक बहस नसकिएपछि लामिछानेलाई प्रहरीको जिम्मा लगाई हिरासत पठाउने आदेश भएको हो।

थुनछेक बहस नसकीएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ। लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने की धरौटीमा रिहा गर्ने भन्ने सम्बन्धमा भएको थुनछेक बहसमा जाहेरवालाको तर्फबाट सरकारी वकीलहरुले बहस गरेका थिए।

सात जना सरकारी वकिल र प्रतिवादी तर्फका ६ जना कानुन ब्यावसायीले बहस गर्ने भएका छन्।

जिल्ला सरकारी वकिलको तर्फबाट आजै सरुवा भएर गएका जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, उपन्यायाधिवक्ता बुद्धबहादुर थापा र अमृत सुवेदी रहेका छन्। त्यसैगरी सहकारी पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ र अधिवक्ताहरु रमेश काफ्ले, शम्भु बर्तौला र सुनिता अधिकारीले बहस गर्ने भएका छन्।

लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, अधिवक्ताहरू डा. नारायणदत्त कँडेल, चुडामणी सापकोटा, रामचन्द्र देवकोटा, सुवर्ण सापकोटा र सञ्जय गोलेले बहस गर्नेछन्।

सहारा सहकारीको ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख रहेकोमा ५६ करोड २२ लाख ५० हजार बराबरको बिगो कायम गरि मुद्दा दर्ता गरिएको छ।

Next Post

सुर्खेतमा झोलुङ्गे पुल निर्माणमा संलग्न दुई कामदार भेरी नदीमा बेपत्ता

२३ माघ २०८१, बुधबार १८:४९
सुर्खेतमा झोलुङ्गे पुल निर्माणमा संलग्न दुई जना कामदार भेरी नदीमा बेवत्ता भएका छन् । बुधबार जिल्लाको बराहताल गाउँपालिका–४ कुटास्थित भेरी नदीमाथि बन्न लागेको झोलुङ्गे पुल निर्माणमा संलग्न दुई जना कामदार भेरी नदीमा बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बेपत्ता हुनेमा रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ का २४ वर्षीय […]

सम्बन्धित समाचार