सुर्खेतमा झोलुङ्गे पुल निर्माणमा संलग्न दुई कामदार भेरी नदीमा बेपत्ता

भवानी प्रसाद पाण्डे २३ माघ २०८१, बुधबार १९:१०

सुर्खेतमा झोलुङ्गे पुल निर्माणमा संलग्न दुई जना कामदार भेरी नदीमा बेवत्ता भएका छन् । बुधबार जिल्लाको बराहताल गाउँपालिका–४ कुटास्थित भेरी नदीमाथि बन्न लागेको झोलुङ्गे पुल निर्माणमा संलग्न दुई जना कामदार भेरी नदीमा बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बेपत्ता हुनेमा रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ का २४ वर्षीय अनिल घर्ती र वर्ष १८ का अर्जुन झाँक्री मगर रहेका छन् । उनीहरु बराहताल गाउँपालिका–४ को कुटादेखि चाम्री जोड्ने भेरी नदी माथि बन्न लागेको झोलुङ्गे पुल निर्माणमा संलग्न थिए ।

प्रहरी चौकी बड्डिचौर सहायक नीरिक्षक दिलिप बस्नेतका अनुसार उनीहरु बुधबार बिहान ११ः४५ बजेको समयमा बराहताल गाउँपालिका–४ कुटा र पञ्चपुरी नगरपालिका–१० चाम्री जोड्ने निर्माणाधीन झोलुङ्गे पुलको लट्ठा बाँध्ने क्रममा नदीमा खसेका थिए । बस्नेतका अनुसार सशस्त्र प्रहरी बलको गोताखोर र स्थानीयको सहयोगमा उनीहरुको खोजि कार्य भइरहेको छ ।

Next Post

रिहा भएपछि रविले भने: यो परिवर्तनको प्रसवपीडा हो

२३ माघ २०८१, बुधबार १९:१०
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन जिल्ला प्रहरीको हिरासतबाट रिहा भएका छन्। जिल्ला अदालत चितवनले मागेको ५४ लाख धरौटी बराबरको बैंक ग्यारेन्टी बुझाएर उनी रिहा भएका हुन् । धरौटीमा रिहा भएपछि संक्षिप्त प्रतिक्रिया दिने क्रममा चितवनलाई देवभूमि भएकाले यही भूमिबाट देशले न्याय पाउने कुरामा आफू विश्वस्त रहेको बताए। ‘चितवन […]