सहकारी ठगीसम्बन्धी मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने छुटाउन चितवनवासीहरू जग्गाको लालपुर्जा लिएर पुगेका छन्।
लामिछाने जिल्ला अदालत, चितवनले ५४ लाख धरौटीमा लामिछानेलाई छाडिसकेको छ। तर, उनको समर्थनमा चितवनवासीहरू जग्गाको लालपुर्जा लिएर भेट्न गएका हुन्।
उनीहरूले लामिछानेको पक्षमा नाराबाजीसमेत गरेका छन्। लामिछानेले उनीहरूलाई सम्बोधन गरेका छन्।