शान्दार म:म ग्यास विस्फोटबाट घाइते दुई जनाको मृत्यु

भवानी प्रसाद पाण्डे २९ माघ २०८१, मंगलवार ११:५८

काठमाडौंको कमलपोखरीमा रहेको शानदार म:म पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका २ जनाको मृत्यु भएको छ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए।

उनका अनुसार घाइतेको सोमबार मृत्यु भएको हो। माघ २३ गते शानदार म:ममा ग्यास लिक भएर आगलागी भएको थियो। आगलागीबाट ११ जना कामदार घाइते भएका थिए। जसमध्ये दुई जनाको मृत्यु भएको हो।

Next Post

जनयुद्ध दिवसको अवसरमा जुम्लाका तिला र सिजां गाउँपालीका मा बिदा

२९ माघ २०८१, मंगलवार ११:५८
जनयुद्ध दिवसको अवसरमा जुम्लाका दुई स्थानीय तहले विदा दिएका छन्। सिंजा गाउँपालिका र तिला गाउँपालिकाले छुट्टाछुट्टै निर्णय गर्दै फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेका हुन्। सिंजा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर शाहीद्वारा जारी सूचनामा पालिकाको निर्णयअनुसार कार्यालय तथा मातहतका निकायहरूमा विदा दिइएको उल्लेख गरिएको छ। त्यस्तै, तिला […]