तिला गाउँपालिका ५ मा मदिरा बिक्री वितरण र सेवन गर्ने लाई कारवाही गरिने

महेश शाही १४ फाल्गुन २०८१, बुधबार १८:३५

जुम्ला । जुम्लाको तिला गाउँपालिका -५ ले वडामा
मदिरा बिक्री वितरण र सेवन गर्ने लाई कार्वाही गर्ने निर्णय गरेकाे छ । वडाका जनप्रतिनिधि, राजनीतिक दलका नेता, समाजसेवी, स्थानीयवासीको उपस्थितिमा साे निर्णय गरिएको हाे ।

वडामा मदिरा बिक्री वितरण र सेवन व्यापक भएको भन्ने गुनासो आए पछि यस्ताे निर्णय गर्न बाध्य भएको तिला -५ का वडाध्यक्ष ललित बहादुर शाहीले जानकारी दिए । उनका अनुसार मदिरा बिक्री वितरण र सेवनले समाजमा विकृति हुने सम्भावना रहेकाले वडाले यस्ताे निर्णय गरेकाे बताए ।

वडा भित्र मदिरा बिक्री वितरण गर्ने र सेवन गर्नेलाई कानुन अनुसार जारिवाना तिराउने समेत निर्णय गरिएको वडाध्यक्ष शाहीले बताए । उनले भने, वडाको निर्णय अटेर गरे कानून बमोजिम सजाय हुने चेतावनी दिए ।

वडामा मदिराका कारण विभिन्न खाले घटना तथा घरेलु हिंसा बढेको गुनासो वडा बासिले गरे पछि उक्त निर्णय गरिएको वडाध्यक्ष शाहीको भनाइ छ । गत २०७९ साल असार महिनाको ३१ गते बसेको वडाको बैठकले मदिरा तथा जुवा तास मुक्त विधेयक वडा सभाबाट पारित गरेकाे थियाे ।

वडाध्यक्ष शाहीका अनुसार मदिरा सेवन र विक्रि गर्ने देखी जुवा तास खेलाउनेलाई समेत सचेत लगाउनका लागि अहिले गाउँवस्तीमा सूचना जारी गरिएको बताए ।

वडा समिति तथा सम्पूर्ण सरोकारवाला, राजनीतिज्ञ शिक्षक, बुद्धिजीवी, समाजसेवी,महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, बाल क्लब, युवा क्लब र आमा समूहको संयुक्त बैठकबाट उक्त निर्णय पारित भएको बताए ।

वडालाई बालमैत्री स्थानीय शासन घोषणाका लागी चाहिने ५१ सूचकहरु पुरा गरी अगामी चैत महिना भित्र बालविवाह मुक्त वडा घोषणा गर्ने गरी वडा कार्यालय लागि परेको छ । २०८२ को असार महिनाभित्र बालमैत्री स्थानीय शासन वडा घोषणा समेत गरिने गरि काम अघि बढेको वडाध्यक्ष शाहीको भनाइ छ ।

पछिल्लो समय जिल्लामा प्रहरी, प्रशासन तथा स्थानीय तहले आ–आफ्ना क्षेत्र तथा वडामा धमाधम मदिरा नियन्त्रण अभियान सञ्चालन गरेका छन् । वडामा मदिरा न्युनिकरण समिति गठन समेत गरिएको तिला गाउँपालिका -५ का वडाध्यक्ष शाहीले जानकारी दिए ।

Next Post

राराको डाँफे होटेलमा आगलागि

१४ फाल्गुन २०८१, बुधबार १८:३५
बुधबार राती १२ बजे मुगु स्थित रारा तालको डिलमा रहेको डाँफे होटेलमा आगलागी भएको छ। आगलागीबाट करोडौंको क्षति भएको जिल्ला प्रहरी कार्यालय, मुगुले जनाएको छ। आगलागीबाट होटेलका सबै भवन सहित ९४ वटा बेड विस्तारा, किचनका सरसामान सबै जलेर खरानी भएका छन्। मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ।थप क्षतिको बिवरण […]