जुम्ला – तिलमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

महेश चाैलागाँई ११ असार २०८२, बुधबार १६:४४

जुम्लाकाे तिला गाउँपालिकाकाे चुलाकाेटमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु तथा १ जना गम्भीर घाइते भएको सम्बन्धमा । आज तिला गाउँपालकाकाे कुडारी बाट चुलाकाेट तर्फ ढुङ्गा ल्याउन जाने क्रममा १ त ६४७२ नम्बरको ट्रयाक्टर दुर्घटना भएको हाे ।

दुर्घटनामा परि कामदार तिला गाउँपालिका ५ चुलाकाेटका वर्ष २३ का लाेकेश बुढाकाे मृत्यु भएकाे छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार, ट्याक्टर कुडारी बाट ढुङ्गा ल्याउन चुलाकाेट तर्फ जाने क्रममा बुढाकाे मृत्युु भएको हाे ।

यस्तै ट्याक्टर चालक घाइते भएका छन् । घाइते हुने चालक तिला ५ चुलाकाेटकै वर्ष ३० का कर्ण जैशी गम्भीर घाइते भएका छन् ।

ट्याक्टर सडक बाट ५० मिटर तल खसेकाे जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरिक्षक असिम हमालले जानकारी दिए । घाइते चालक लाई उपचारका लागि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान तर्फ ल्याउदै गरिएको छ ।

Next Post

कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानको उपकुलपति पदका लागि  १५ जनाकाे आवेदन

११ असार २०८२, बुधबार १६:४४
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदका लागि १५ जनाको आवेदन परेको छ। ०८२ असार ०४ गते प्रकाशित सूचनाअनुसार तोकिएको समयभित्र प्राप्त आवेदनहरूको नामावली सार्वजनिक गरिएको हो। उपकुलपति पदका लागि आवेदन दिनेमा डा. उत्सव चापागाई, डा. एलिजा श्रेष्ठ, डा. कालु शर्मा सुवेदी, डा. पवन जंग रायमाझी, डा. पुजन कुमार रोकाया रहेका […]