कालिकोटको खाँडाचक्र नगरपालिकाले विद्यालय सञ्चालनमा ल्याउने भएको छ।आज नगरपालिका भित्रका विद्यालयहरू लाई परिपत्र जारी सामुदायिक विद्यालय, बालविकास केन्द्र हरू सञ्चालनमा ल्याउने भएको हाे।

भाद्रा १ गते जिल्लास्तरीय कोभिड-१९ व्यवस्थापन समितिले गरेको निर्णयअनुसार विद्यालय काेराेनाकाे जाेखिम कम भएकाे स्थानमा विद्यालय सञ्चालन गर्न दिने निर्णय भएकाे नगरपालिकामा जाेखिम नभएकाे हुदा विद्यालय सञ्चालन गर्न थालिएको नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख जसी प्रसाद चाैलागाईले जानकारी दिएकाछन ।
नगरपालिकाका सबै वडामा विद्यालय सञ्चालन गर्नकालागि कक्षा १ देखि १२ सम्म अध्यानको थालनी गरेको र स्वास्थ्य मापदण्ड पुर्ण रुपमा पालना गरि विद्यालय सञ्चालन गर्न परिपत्र गरेको खाडाँचक्र नगरपालिका प्रमुख जसी प्रसाद पाण्डेले बताए ।