जुम्ला — नेपाली कांग्रेस जुम्ला जिल्ला कार्यसमितिका कोषाध्यक्ष दुर्गाप्रसाद पाण्डेको ६२ वर्षको उमेरमा आज (असार २१ गते) बिहान निधन भएको छ।
तातोपानी गाउँपालिका–४ निवासी पाण्डे लामो समयदेखि नेपाली कांग्रेसको संगठन निर्माण तथा लोकतान्त्रिक आन्दोलनमा सक्रिय थिए।
उनको निधनप्रति नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् भने शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्।



