मुगुमा भलिबल खेल्न आएर घर फर्किने क्रममा सम्पर्कविहीन भएका बाजुराका एक युवक मृत अवस्थामा फेला परेका छन्।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–५ निवासी २६ वर्षीय रनसुर विक (राकेश) मुगुको खत्याड गाउँपालिका–८, नुवाखेत नजिकैको बाघमारे भिरमा मृत फेला परेका हुन्।
प्रहरीका अनुसार उनको शव २०८३ कात्तिक १३ गते दिउँसो करिब १:४० बजे भिरबाट अन्दाजी १०० मिटर तल फेला परेको हो।
आफन्तका अनुसार विक कात्तिक ८ गते भलिबल खेल्न रातापानी आएका थिए। कात्तिक ९ गते घर फर्किने क्रममा उनी सम्पर्कविहीन भएका थिए।
घटनास्थलमा प्रहरी टोली पुगेर मुचुल्का तयार गरेको छ भने मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।



