डोल्पा कारागारबाट सुरुङ खनेर ८ जना कैदी फरार

हिमशिखर संवाददाता १५ कार्तिक २०८३, शनिबार ०८:५७

जिल्ला कारागार डोल्पाबाट सुरुङ खनेर ८ जना कैदी फरार भएका छन्।

प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार शुक्रबार बिहान करिब ६ बजे कैदीबन्दीको गणना गर्ने क्रममा संख्या अपुग भएपछि कैदीहरू फरार भएको खुलेको हो।

कैदीबन्दीको संख्या नमिलेपछि कारागार प्रशासनले खोजी तथा अनुसन्धान सुरु गरेको छ। घटनाबारे थप जानकारी लिन अहिले कारागारमा जडान गरिएका सीसीटीभी फुटेजको अध्ययन भइरहेको प्रमुख जिल्ला अधिकारी हमालले बताइन्।

‘अहिले सीसीटीभी हेरिरहेका छौँ,’ उनले भनिन्, ‘थप विवरण अध्ययन गर्दैछौँ।’

फरार कैदीहरू कुन समयमा र कसरी सुरुङ खनेर बाहिर निस्किएका हुन् भन्नेबारे विस्तृत विवरण आउन बाँकी छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रशासनले जनाएको छ।

Next Post

तिहार को पहिलो दिन काग पुजा

१५ कार्तिक २०८३, शनिबार ०८:५७
नेपालीको दोस्रो ठूलो पर्व तिहार अर्थात् यमपञ्चक आज आइतबारदेखि सुरु भएको छ। तिहारको पहिलो दिन आज काग तिहार मनाइँदैछ। कार्तिक कृष्ण त्रयोदशीका दिन सूर्योदय भएकाले आज शास्त्रसम्मत रूपमा काग तिहार मनाइएको हो। यस अवसरमा बिहानै कागलाई पूजा गरी दहीभात, मिठाई तथा विभिन्न परिकार खान दिने परम्परा रहेको छ। हिन्दु धार्मिक […]