उच्च अदालत सुर्खेत,जुम्ला ईजलासका ९० प्रतिशत मुद्दा फर्छ्याैट

महेश चाैलागाँई २८ असार २०८१, शुक्रबार १७:२९

उच्च अदालत सुर्खेत,जुम्ला ईजलासका ९० प्रतिशत मुद्दा फर्छ्याैट भएका छन् । चालू आर्थिक वर्ष २०८०/०८१ काे हाल सम्म दर्ता भएका मध्य ९० दशमलब ६८ प्रतिशत मुद्दा फछ्याैट भएका हुन् ।

चालू आर्थिक वर्षमा नयाँ २२९ सहित कूल २७९ वटा मुद्दा दर्ता भएका थिए । जसमा २५३ वटा मुद्दा फछ्याैट भएका छन् । शुक्रबार अदालतद्दारा आयाेजित पत्रकार भेटघाट कार्यक्रममा सार्वजानिक गरिएकाे तथ्यांक अनुसार कूल २७९ मुद्दामध्य २५३ मुद्दा फछ्याैट भएकाे अझै २६ वटा मुद्दा फैसला हुन बाँकी रहेकाे  छ । भने ५० वटा मुद्दा अन्य जिल्लाबाट जिम्मेवारी सरि  आएका छन् ।

तथ्यांकनुसार दुनियावादी देवानी मुद्दा १ वटा दर्ता भएकाेमा फछ्याैट भईसकेकाे छ । त्यस्तै दुनियाँवादी फाैजदारी तर्फ २५ वटा मुद्दा दर्ता भएकाेमा २३ वटा फर्छ्याैट हुँदा २ वटा बाँकी रहेकाे छ ।

साथै सरकारबादी फाैजदारी मुद्दा तर्फ कुल २२५ वटा मुद्दा दर्ता भएकाेमा हालसम्म २०८ वटा फर्छ्याैट भएका छन् । भने १७ वटा मुद्दा फैसला हुन बाँकी  रहेकाे छ । रिट २८ वटा परेकाेमा २१ वटा मात्रै फर्छ्याैट हुँदा अझै ७ वटा रिट निवेदनकाे सुनुवाई हुन बाँकी रहेकाे छ ।

कर्तव्य ज्यानका २४ मध्य २२ वटा,जबरजस्ती करणीका ७१ का मध्य ६९ वटा,जातिय विभेद तथा छुवाछुतका २ मध्य २ वटा,लागू ओैषधका २२ मध्य १९ वटा,चाेरीका २२ मध्य १५ वटा बहुविवाह र बालविवाहका १२ मध्य ११ वटा मुद्दा फर्छ्याैट भएका छन् ।

सम्बन्ध विच्छेदका ६ मध्य ५ वटा,अंश/जग्गाका १० मध्य १० वटा, सवारी ज्यान १३ मध्य १२ वटा,उत्प्रेषण,परमादेश २५ मध्य १९ वटा,ज्यान मार्ने उद्योगका २५ मुद्दा परेकाेका २५ वटै मुद्दा फछ्याैट भएकाे सार्वजानिक विवरणमा उल्लेख छ ।
भने निषेधाज्ञाका ३ मध्य २ वटा र अन्य ४४ मध्य ४२ मुद्दा गरि कूल २७९ मध्य २५३ मुद्दाकाे फैसला भएकाे छ ।

उच्च अदालत सुर्खेत,जुम्ला ईजलासका मुख्य न्यायधिष गाेर्कण डाँगीले चाैथाै पन्चवर्षीय याेजना बनाएर न्याय प्रणालीलाई छिटाे छरिताे बनाउन न्यायीक संयन्त्र लागि परेकाे बताए ।

प्रथामिकीकरणका आधारमा मात्रै हामी न्याय दिन्छाै । उनले भने,’पहुँचका भरम न्याय सम्पादन हुदैन । प्रविधिकाे उच्चतम प्रयाेग गरि प्रथामिकताका आधारमा न्याय सम्पादन गर्छाै । न्यायकाे पहुँच बृद्दिमा हाम्राे जाेड छ ।’

न्यायकाे पहुँच बृद्दि गर्न नागरिक अगुवा तथा संचारकर्मीहरु जुट्नु पर्ने अबस्था आएकाे उनकाे भनाई छ ।

‘सरल,सामान्य र विशेष तीन वटा विधि मार्फत मुद्दाकाे फैसलालाई अघि बढाईरहेका छाै । स्राेत साधन तथा पिडककाे अनूकुलतानुसार हामीले न्याय सम्पादनलाई छिटाे छरिताे अघि बढाएका छाै ।’ उनले भने’

यसैबीच चालू आवमा उत्कष्ट कार्यसम्पादन गरेबापत ईजलास शाखामा कार्यरत टंक प्रसाद खत्री तामेलदार
कमल धमलालाई नगद ५ हजार सहित सम्मान गरिएकाे छ  ।

Karnalimissoin

Next Post

राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री दाहाल शीतल निवासमा

२८ असार २०८१, शुक्रबार १७:२९
प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन्। संसद बैठक सकिएलगत्तै प्रधानमन्त्री दाहाल राष्ट्रपति पौडेललाई भेट्न महाराजगन्ज पुगेका हुन्। माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री दाहालले पछिल्लो राजनीतिक परिस्थितिबारे राष्ट्रपति पौडेललाई रिपोर्टिङ गर्ने बताए। संविधानको धारा ७६(३) बमोजिम सरकार गठनको आह्वान गर्न राष्ट्रपतिलाई आग्रह गरिने उनको भनाइ […]