ओलीले कर्णालीका मुख्यमन्त्रीलाई मध्यपश्चिम प्रदेशका मुख्यमन्त्री भने

महेश चाैलागाँई २३ फाल्गुन २०८१, शुक्रबार १६:४५

सुर्खेत : प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशका मुख्यमन्त्री भन्नुपर्नेमा मध्यपश्चिम प्रदेशका मुख्यमन्त्री भनेका छन् । आज मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्ने क्रममा सुरुमै उनले मध्यपश्चिम प्रदेशका मुख्यमन्त्रीज्यू भन्दै सम्बोधन सुरु गरेका थिए ।

उनले रोष्टमबाटै कर्णालीका मुख्यमन्त्री भन्नुपर्नेमा मध्यपश्चिमका मुख्यमन्त्री भनेपछि पछिबाट आवाज आयो ‘मध्यपश्चिम होइन कर्णाली हो कुलपतिज्यू’ । त्यसपछि प्रधानमन्त्री ओली बोल्न छोडेर थोरै अड्किए । उनले फेरि हाँस्दै भने, ‘कर्णाली भन्नुपर्ने उता मध्यपश्चिम गइसके छ ।’

उक्त समारोहमा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल समेत उपस्थित भएका थिए । प्रधानमन्त्री ओलीले मध्यपश्चिम प्रदेशका मुख्यमन्त्री भनेपछि मुख्यमन्त्री कँडेल मुसुमुसु हाँसिरहेका थिए । उनी मात्रै होइन सँगै बसेका मन्त्री, सांसद लगायत पनि हाँसिरहेका थिए ।

Next Post

बर्दियाको धुवन नगरपालिका–४ बालविवाहमुक्त घोषणा मधुवन नगरपालिका–४ बालविवाहमुक्त घोषणा

२३ फाल्गुन २०८१, शुक्रबार १६:४५
बर्दिया — मधुवन नगरपालिका–४ लाई शनिवार बालविवाह मुक्त घोषणा गरिएको छ । उक्त पालिकाले पहिलो पटक वडा नम्बर ४ लाई बालविवाह मुक्त घोषणा गरेको हो। लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सेनाले एक कार्यक्रमबीच उक्त वडालाई बालविवाहमुक्त घोषणा गरेका हुन् । वडा नम्बर ४ पालिकाकै पहिलो बाल विवाह मुक्त वडाको रुपमा […]