ऐतिहासिक ज्युलाे जुम्लाकाे छुमचाैरमा कालिमार्सी धान राेपियाे

महेश चाैलागाँई २७ बैशाख २०८१, बिहीबार १८:५७

जुम्लाको पातारासी गाउँपालिकाकाे छुमचाैर ज्युलाेमा कालिमार्सी धान रोपाइँ गरिएको छ। विश्वको सबैभन्दा उच्च स्थानमा धान फल्ने उपमा पाएको छुमचौर ज्युलोमा आज महोत्सव आयोजना गरी रोपाइँ गरिएको हाे।
कृषि विकास कार्यालय जुम्लाकाे आयाेजनामा आज छुमचाैर ज्युलाेमा धान दिवस तथा रोपाई महोत्सव मनाइएकाे हाे। विश्वकाे सर्वाेच्च (समुन्द्री सतहबाट २ हजार ८ सय ५० मिटर उचाइमा) मा धान खेति हुने छुमचाैरमा धान राेपेर जुम्लामा राेपाइँ सुरु भएकाे कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकाेटाले बताए।

संस्कार र संस्कृतिसँग जोडिएको मार्सी धान संरक्षणका लागि किसानमा उत्साह जगाउन राेपाइँ महाेत्सव गरिरहेको बताए कार्यालय प्रमुख देवकोटाले बताए। यस्तै प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले गाैरवमय सिंजा सभ्यताकाे ईतिहास जाेडिएकाे जुम्लामा मार्सी धान अर्काे चिनारी रहेकाे बताए । मार्सी लोप हुने अवस्थामा  पुगेपछि कृषक देखि स्थानीय सरकार, सराेकारवाला निकाय यसको संरक्षणमा लागिपरेका छन्।

Next Post

जुम्लाबाट यार्सा टिप्न मुगु गएका एक युवकको लेक लागेर मृत्यु

२७ बैशाख २०८१, बिहीबार १८:५७
जुम्लाबाट यार्सा टिप्न मुगु गएका एक युवकको लेक लागेर मृत्यु भएको छ। मुगुम कार्मारोङ गाउँपालिकाको पाटन क्षेत्रमा यार्सा टिप्न गएका जुम्ला पातारासी गाउँपालिका-३ चौर गाउँका अन्दाजी २६ वर्षीय सुर्ज रावतको लेक लागेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार यार्सा टिप्न गएका उनी लेक […]

Breaking News

एकलाख एक हजार रासीकाे पुरुषकार जनसेवा युवा कल्ब (बी) लाई जुम्लामा झण्डै आधा महिना खेलिएको फाईनल खेल जनसेवा यूवा क्लब बिले हात पारेको छ । चन्दननाथ नगरपालिका ३ र जनसेवा यूवाक्लब बिचको फाईनल फुटबल खेलमा जनसेवा यूवाक्लबले पेनाल्टीमा बिजय हात पारेको हो । दिउसो शुरु भएको खेलमा गोलरहित दुवै हाप समय सकिएपछि पेनाल्टी परेको थियो । पेनाल्टीमा जनसेवा यूवा क्लबले बिजय हात पारेको हो । जनसेवाले उपाधि जितेपछि रु एक लाख एक हजार करकट्टी सहित प्राप्त गरेको छ । यसैगरी चन्दननाथ नगरपालिका वडा नम्बर ३ ले रु ५० हजार पाँचसय करकट्टी सहित प्राप्त गरेको छ । आयोजना गरेको उक्त प्रतियोगितामा ४४ टिम दर्ता भएका थिए । झण्डै आधा महिना भएको उक्त फुटवल खेलमा झण्डै सात सय खेलाडिले मैदानमा प्रत्यक्ष प्रतिस्पर्धा गरेका छन् भने हजारौ दर्शकले अवलोकन गरेका छन् । यूवाहरूलाई खेलमा प्रथामिकता दिन राज्यकाे दायित्व भएकाले वडाले खेलमा प्रथामिकता दिएकाे वडाध्यक्ष रतन खत्रीले बताउनु भयाे । प्रतियाेगिता संयाेजक तथा बरिष्ठ खेलाडि राजबहादुर खत्रीले सफल पार्न सहयाेग गर्ने सवैलाई धन्यवाद ज्ञापन गर्नुभयाे ।