जुम्ला बजारबाट पातरासी गाउँपालिकाकाे लासी जाँदै गरेकाे जीप दुर्घटना हुँदा एक जनाकाे घटनस्थलमै मृत्यु भएकाे छ।
साेमबार हपरान्ह ४:०० बजे, पातरासी गाउँपालिका-६ ग १ ज ४०३५ नम्बरकाे जीप काेटा भिर भन्ने स्थानमा दुर्घटना भएकाे प्रहरी निरिक्षक यम बहादुर बुढा मगरले बताए।
उनका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा पातरासी गाउँपालिका-१ खालाढिक बस्ने छाेजुम लामा रहेकी छन्।
‘घाइते सबैलाई उपचारका निम्ति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लागिएकाे छ,’ उनले भने, ‘घाइतेहरुकाे संख्या पनि एकिन भएकाे छैन।’
प्रहरी पुग्नुभन्दा अगाडि नै स्थानीयले उद्दार गरी अस्पताल पठाएकाे जिप्रका जुम्लाले जनाएकाे छ। जीप ब्याक गर्ने बेला सडकबाट ५० मिटर तल तिला नदीमा खसेकाे थियाे।