पातारासीे गाउँसभा : छात्रवृत्तिदेखि बालमैत्री वडा घोषणसम्मका ऐन नियम पारित

हिमशिखर संवाददाता ४ माघ २०७९, बुधबार १६:१३

जुम्लाको पातारासी गाउँपालिकाले १०औँ हिउँदे गाउँ सभाबाट एमबीबीएस डाक्टर पढ्ने विद्यार्थीलाई छात्रवृत्तिदेखि बालमैत्री वडा घोषणसम्मका विभिन्न ऐन नियम पारित गरेको छ ।

सो हिउँदे गाउँ सभाबाट पालिकाका सबै वडामा बाल विवाह न्यूनिकरणमा हाम्रो प्रतिबद्धता भन्ने मुल नारा लाई मध्यनजर गर्दे बाल विवाह रोकथामका विभिन्न सचेतना कार्यक्रम चलाइने र पालिकाको वडा नं. ४ र ५ लाई बालमैत्री वडा घोषणा गर्ने निर्णय गाउँसभाबाट पारित भएको पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले बताउनुभयो ।

पालिका भित्रका विद्यार्थीलाई उच्च शिक्षा अध्यायन गर्नेका लागि हिउँदे गाउँसभाबाट छात्रवृत्ति निर्देशका २०७९ बहुमतले गाउँसभाबाट पारित भएको सो गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिनुभयो । सामुदायिक विद्यालयबाट आएका विद्यार्थीलाई उच्च शिक्षा अध्यायन गर्नेका लागी यो गाउँसाभाबाट विशेष प्रथामिकता दिने भनेर निर्णय गरि गाउँसभाबाट पारित भाएको छ । उपाध्यक्ष रोकायाले भन्नुभयो–अब पालिकाले आफ्नो लगानीमा एक जनालाई एबीबीएस डाक्टर पढाउन ३५ लाख लगानी गर्ने भएको छ । पाँच वर्षसम्म ७ लाखका दरले पालिकाले डाक्टर पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने उपाध्यक्ष रोकायाले बताउनुभयो ।

पालिका भित्रका सबै स्थानीयवासिको अध्यक्ष र उपाध्यक्षको कार्यक्रमबाट निःशुल्क स्वास्थ्य बीमा गर्ने कार्यक्रम लागू भई कार्यन्वयनमा आएको उपाध्यक्ष रोकायाको भनाइ छ । खानेपानी सरसफाई स्वाच्छता, तथा अनुगमन निर्देशिका ऐन हिउँदे गाउँसभाबाट पारित भइ अब कार्यान्वयनमा आउने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले जानकारी दिनुभयो । पातारासी गाउँपालिकाको उच्चशिक्षा छात्रवृद्धि कार्यक्रम अन्तर्गत चिकित्सा शिक्षाको स्नातक तहमा छात्रवृद्धिमा अहिले सो गाउँपालिका–४ लुमगाउँका २३ वर्षीय नविन रेउले देवदह मेडिकल कजेज बुटवलमा चिकित्सा शिक्षा अध्ययनरत हुनुहुन्छ । जिल्लाका आठवटै स्थानीय तहमध्ये सो गाउँपालिकाले यहाँका विद्यार्थीलाई चिकित्सक बनाउन लगानी गर्न लागेको हो ।

अघिल्लो जनप्रतिनिधिले ल्याएको एमबीबीएस डाक्टर पढ्ने कार्यक्रमलाई निन्तरता दिएको र प्राविधिक शिक्षामा पनि पालिकाले छात्रवृत्ति प्रदान गरिने गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले बताउनुभयो । मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत प्रदेश सरकारबाट आएका योजनाहरुको कार्यान्वयन गर्ने लगायतका विषयहरु गाउँसभाबाट पारित भएको पातारासी गाउँपालिकाले जनाएको छ ।

Next Post

सभामुख निर्वाचन प्रक्रिया स्थगित गर्न कांग्रेसको माग

४ माघ २०७९, बुधबार १६:१३
कांग्रेसले सभामुख निर्वाचन प्रक्रिया स्थगित गर्न माग गरेको छ। बिहीबार बिहान सुरु भएको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले १ माघमा पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति सरकारले संसदमा कुरा नउठाएकोप्रति आपत्ति जनाउँदै रुलिङको माग गरेका हुन्। उनले आजको कार्यसूची स्थगित गरेर भए पनि सरकारले […]