जुम्लामा जवरजस्ती करणी मुद्दाका तीनजना आराेपी पक्राउ

हिमशिखर संवाददाता ११ भाद्र २०७८, शुक्रबार १७:४४

जुम्लामा जबर्जस्तीकरणी सम्बन्धि दुईवटा मुद्दाका तीन जना आराेपी पक्राउ परेका छन्। जुम्ला प्रहरीले चन्दननाथ नगरपालिका ९ का वर्ष २० का विशाल सार्की, कमल सार्की र तिला -८ बस्ने वर्ष २८ का जीवन रावतलाई प्रकाउ गरेको हो।

भदौ ७ गते राती ११ बजे तातोपानी गाउँपालिका -१ बाईराका की १८ वर्षीया किशोरीलाई पाल्ताडाँडामा रहेको जगन्नाथ मन्दिरमा मेला हेर्न गएको बेला बलात्कार गरेकाे प्रहरी निरीक्षक तथा सुचना अधिकारी नविन थापा मगरले बताए।

‘अभियुक्तहरु विशाल र कमलले पीडितको मोवाईल खोसेर फिर्ता दिने बहानामा बोलाएर जवरजस्ती कारणी गरेका थिए,’ उनले भने।

अभियुक्त दुबै जनाले पीडितकाे मोवाईल फिर्ता दिने बहानामा तातोपानी गाउँपालिका -१ बाईराँका पाल्ताडाँडा लगि पालै पालो जवरजस्तीकरणी गरेको भनी जाहेरी दर्ता भएकाे डिएसपी दान बहादुर थापाले बताए।

‘निजहरुलाई कारवाही गरी पाऊँ भनि प्रहरी कर्यालय जुम्लामा जाहेरी परेको थियाे,’ उनले भने, ‘प्रहरीले जाहेरीका आधारमा निज विशाल सार्की र कमल सार्कीलाई पक्राउ गरी अनुसन्धान थालेको छ।’

उनका अनुसार प्रहरीले जिल्ला अदालत जुम्लाबाट दिन ५ को म्याद थपको अनुमति लिई थप अनुसन्धान गरिरहेको छ।

त्यस्तै जुम्ला प्रहरीले जवरजस्ती करणी गरेको आरोपमा तिला -८ का जीवन रावतलाई प्रकाउ पनि प्रकाउ गरेकाे छ।

डिएसपी थापाका अनुसार तिला गाउँपालिका -६ बस्ने वर्ष ४५ की बोल्न र सुन्न नसक्ने महिलालाई जवरजस्ती करणी गरेको आरोपमा उनलाई प्रकाउ गरिएकाे हाे।

‘जीवन रावतले डर त्रास देखाई भदौ ८ गते अपराह्न पाँच बजेको समयमा जबरजस्ती करणी गरेको जाहेरी प्रहरी कार्यालयमा आएको थियो,’ डिएसपी थापाले भने, ‘निजलाई पनि जिल्ला अदालतबाट दिन ५ को म्याद थपको अनुमति लिई अनुसन्धान कार्य अघि बढाइएकाे छ।’

Next Post

किर्डाक नेपालद्वारा पातरासिका २४ जना लाई कृषि सामाग्री वितरण

११ भाद्र २०७८, शुक्रबार १७:४४
किर्डाक नेपाल जुम्लाले पातारासि गाउँपालिका जुम्लाका २४ जना किसानलाई कृषि औजार वितरण गरिएको छ । कृषि उत्पादन वृद्धि र लागत घटाउने उद्देश्यले कृषि औजार वितरण गरिएको किर्डाक नेपाल जुम्लाले जनाएकाे छ । परम्परागत खेती प्रणालीको विकल्पमा कृषिमा यान्त्रिकीकरण गर्ने उद्देश्यले कृषि औजार वितरण गरिएको हाे । वितरण गरिएकाे सामाग्रीमा प्रतिव्यक्ति […]