सामाजिक लेखापरीक्षण सेवाका लागि प्रस्ताव आह्वान सम्बन्धि सुचना

हिमशिखर ५ भाद्र २०८३, शुक्रबार १५:५०

कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालले वल्ड भिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालित परियोजनाहरूको सामाजिक लेखापरीक्षणका लागि योग्य सेवा प्रदायक व्यक्ति/फर्म/संघ–संस्थाबाट प्रस्ताव आह्वान गरेको छ।

इच्छुक सेवा प्रदायकले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र प्रस्ताव पेश गर्नुपर्नेछ। प्रस्ताव हाडकपी वा इमेलमार्फत पेश गर्न सकिनेछ।

आवश्यक कागजात:

  • फर्म दर्ता प्रमाणपत्र, PAN/VAT प्रमाणपत्र,
  • आ.व. २०८१/०८२ को कर चुक्ता प्रमाणपत्र,
  • RFP/प्रस्तावपत्र,
  • आपूर्तिकर्ता दर्ता फाराम तथा Child and Adult Safeguarding Policy र Behavior Protocol पालना गर्ने स्वघोषणा।
  • सूचना प्रकाशित मिति: २०८३/०५/०२
  • सेवा: सामाजिक लेखापरीक्षण
  • प्रस्ताव पेश गर्ने अवधि: ७ दिन

Next Post

विद्यालय व्यवस्थापन समितिमा सबै पदाधिकारी दलित समुदायबाट

५ भाद्र २०८३, शुक्रबार १५:५०
जुम्ला :जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित नेत्रज्योती माध्यमिक विद्यालयको नवनिर्वाचित विद्यालय व्यवस्थापन समितिमा अध्यक्षसहित सबै पदाधिकारी दलित समुदायबाट चयन भएका छन्। विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रामभक्त कामी चयन भएका छन्। सदस्यहरूमा मौरी कामी, रुपकन्या सार्की, कालीबहादुर सार्की र सुकबिर सार्की चयन भएका विद्यालयका प्रधानाध्यापक जाजोल्यराज न्यौपानेले जानकारी दिए। विद्यालय व्यवस्थापन समितिमा […]