एमालेकाे महाधिवेशन मंसिरमा, असाेजमा विधान महाधिवेशन हुने

हिमशिखर संवाददाता ८ भाद्र २०७८, मंगलवार २०:१०

नेकपा (एमाले) ले केन्द्रीय महाधिवेशन आगामी मंसिरमा गर्ने निर्णय गरेको छ।

माधव नेपालको नयाँ पार्टीमा नगएका १० जना नेतासहित मंगलबार बसेको पार्टी स्थायी कमिटी बैठकले आगामी मंसिर १०, ११ र १२ गते महाधिवेशन गर्ने निर्णय गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए।

उनका अनुसार विधान महाधिवेशन असोज ४, ५ र ६ गते काठमाडाैंमा हुनेछ । विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रस्ताव तयार गर्न भदौ २५ र २६ गते स्थायी कमिटी र २७ र २८ केन्द्रीय समितिको बैठक बोलाइएको छ ।

पार्टीको पक्षमा रहेर क्रियाशील हुने केन्द्रीय समिति, प्रदेश, जिल्लासहित सबै तहका पदाधिकारी र सदस्यलाई २०७५ जेठ २ गतेपूर्व क्रियाशील हुन निर्देशन दिने निर्णय बैठकले गरेको छ।

१० बुँदे सहमति कार्यान्वयनका क्रममा आइपर्ने समस्या समाधानका लागि  तथा केन्द्रीय समितिमा १० प्रतिशत सदस्य मनोनयन, केन्द्रीय निकाय तथा विभागलाई पूर्णता दिन र पुनर्गठन गर्नका लागि कार्यदल बनाइएको प्रवक्ता ज्ञवालीले जानकारी दिए।

उनका अनुसार कार्यदलमा इश्वर पोखरेल, भीम रावल, विष्णु पौडेल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेका छन्।

Next Post

दैलेखमा गाउँपालिकाले एम्बुलेन्स नदिँदा शिशुको ज्यान गयो

८ भाद्र २०७८, मंगलवार २०:१०
दैलेखको ठाटीकाँध गाउँपालिकाले समयमै एम्बुलेन्स उपलब्ध नगराउँदा ठाटीकाँध-५ तोलीजैसीमा एक शिशुको ज्यान गएको छ। एम्बुलेन्स उपलब्ध नगराएकै कारण ठाँटीकाँध स्थित तोलीजैसीमा मञ्जु विककी डेढ महिने छोरीको ज्यान गएको हो। मञ्जुकी डेढ महिने छोरीमा अकस्मात श्वासप्रश्वासमा समस्या आएपछि उनले प्राथमिक सस्वास्थ केन्द्र लकान्द्रमा पुर्‍याएकी थिइन्। प्राथमिक स्वास्थ केन्द्रले सक्दो उपचार गरी […]