सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्री ओलीले छलफल

हिमशिखर संवाददाता १५ चैत्र २०८१, शुक्रबार २३:१७

शुक्रबार राति मन्त्रिपरिषद् बैठक बस्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले चार वटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् ।

राजावादी समूहको प्रदर्शनले हिंसात्मक रुप लिएपछि सिर्जित भएका घटनाक्रमबारे उनले सुरक्षा अधिकारीहरुसँग ब्रिफिङ लिएका हुन् ।

छलफलमा गृहमन्त्री रमेश लेखकसँगै प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका प्रमुख दिपक थापा, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा सहभागी थिए ।

त्यसक्रममा उनीहरुले राजावादी समूहका प्रदर्शनकारीले प्रहरीलाई समेत उक्साउने किसिमले गतिविधि गरेको ब्रिफिङ गरेको एक अधिकारीले बताए ।

सुरक्षा अधिकृतहरुले मृतक दुई जनामध्ये एक जनाको गोली लागेर ज्यान गएको र एभिन्यूज टेलिभिजनका पत्रकारको राजावादीले निरन्तर ढुंगा हान्दा ज्यान गएको प्रधानमन्त्रीलाई सुनाएका छन् । घटनामा २२ जना घाइते भएका छन् ।

प्रधानमन्त्रीलाई भएको ब्रिफिङ अनुसार, शुक्रबार स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससँगै हवाई फायर समेत गरेको थियो ।

Next Post

पुर्व जा ज्ञानेन्द्र शाहको राहदानी (पासपोर्ट) रद्द गर्ने तयारीमा सरकार

१५ चैत्र २०८१, शुक्रबार २३:१७
सरकारले पूर्व राजा ज्ञानेन्द्र शाहको राहदानी (पासपोर्ट) रद्द गर्ने तयारी गरेको छ। गृहमन्त्रालय उच्च स्रोतका अनुसार उनी विदेश भाग्ने तयारीमा रहेको सुराकी पाएपछि पासपोर्ट रद्द गर्ने प्रक्रिया अघि बढाइएको हो। शुक्रबारको हिंसात्मक आन्दोलनका लागि राजावादीहरूलाई उनैले उक्साएको सरकारको ठम्याइ छ। पूर्वराजाले आन्दोलनको अघिल्लो दिन दुर्गा प्रसाईं र नवराज सुवेदीलाई भेटेर […]

सम्बन्धित समाचार