जुम्ला — जुम्लामा लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार चन्दननाथ नगरपालिका–५, जुम्ला बजारस्थित तिला गाउँपालिका–४, सापुल्ली निवासी २३ वर्षीय हिमाल शाही र २१ वर्षीय सुनिलकुमार शाही पक्राउ परेका हुन्।
प्रहरी टोलीले शंकास्पद अवस्थामा बाटोमा हिँडिरहेका उनीहरूलाई चेकजाँच गर्ने क्रममा हिमाल शाहीको साथबाट ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ फेला पारेको थियो।
बरामद पदार्थ तौल गर्दा १८० मिलिग्राम शुद्ध तौल रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई जुम्ला जिल्ला अदालतबाट पाँच/पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
सम्बन्धित समाचार
-
८ माघ २०७९, आईतवार ०९:२८
जिप दुर्घटनामा चार जनाको मृत्यु
-
२१ भाद्र २०७७, आईतवार २३:१५
अर्थतन्त्र नकरात्मक अवस्थामा पुगेको छैन : प्रधानमन्त्री ओली
-
५ पुष २०७९, मंगलवार १४:०१
शेखर कोइरालालाई सभापति बनाएरै छाड्छौँ : गगन थापा
-
२१ बैशाख २०८१, शुक्रबार २०:३४
चन्दनाथ गरपालिकाको पुँजिगत खर्च कछुवा गतिमा ।।
-
१२ भाद्र २०७८, शनिबार १५:४९
अविरल वर्षाका कारण त्रिवेणी टोप्ला सडक खण्ड अवरुद्ध
-
८ पुष २०७९, शुक्रबार ०७:१४
२३ वर्षमुनिको बङ्गबन्धु भलिबल च्याम्पियनसिपमा नेपाल बङ्लादेशसँग पराजित


