शेखर कोइरालालाई सभापति बनाएरै छाड्छौँ : गगन थापा

महेश चाैलागाँई ५ पुष २०७९, मंगलवार १४:०१

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले १५औँ महाधिवेशनमा नेता डा. शेखर कोइरालालाई सभापति बनाउन आफू लागिपर्ने बताएका छन्।

सिंहदरबारस्थित होटल बसेरामा भएकाे कांग्रेस संस्थापन इतर समूहको भेलामा महामन्त्री थापाले यस्ताे बताएका हुन्।

‘शेखर काेइराला हाम्रो समूहकाे नेता हुनुहुन्छ। उहाँले हिजाे पनि नेतृत्व गर्नुभएको थियाे। आज पनि उहाँ नै हुनुहुन्छ। भाेलि पनि उहाँ नै हाे,’ गगनले भने।

उनले संसदीय दलकाे नेतामा सबै नेताहरू छाती फराकिलो बनाएर लाग्नुपर्ने बताएका छन्।

गगनले भने, ‘हामीहरू जित्छाैँ। परिणाम सकारात्मक आउँछ। नेताहरू सक्रियताका साथ लाग्नुपर्छ। असम्भव कुरा छैन। संकेत राम्रो छ।’

यसैगरी थापाले संस्थापन समूहका उम्मेदवार तथा सभापति शेरबहादुर देउवासँग पनि भाेट

Next Post

कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी, गगनले पाए २५ मत

५ पुष २०७९, मंगलवार १४:०१
नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा चुनिएका छन्। बुधबार बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको चुनावमा देउवा ६४ मत ल्याएर संसदीय दलको नेता चुनिएका हुन्। उनको प्रतिस्पर्धामा उत्रिएका कांग्रेस महामन्त्री एवं काठमाडौं-४ का सांसद गगन थापाले २५ मत पाए। कांग्रेस संसदीय दलका लागि ८९ जना सांसदले मतदान गरेका थिए।